पोखरा । जुत्ता व्यवसायी संघ कास्कीले आयोजना गरेको पाँचौं रक्तदान कार्यक्रममा ४३ युनिट रगत संकलन भएको छ ।
पोखरा महानगरपालिका वडा नं ८ का वडाध्यक्ष रूद्रनाथ बरालले पहिलो रक्तदाता संस्थाका सल्लाहकार रामप्रसाद अधिकारीलाई ब्लडब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेका थिए ।
कार्यक्रममा वडाध्यक्ष बरालले सबैभन्दा ठूलो दान रक्तदान भएको बताए । उनले रक्तदान कार्यक्रमलाई
संघका अध्यक्ष हेमकृष्ण श्रेष्ठले संघले सामाजिक उत्तरदायित्व बहन गर्दै रक्तदान कार्यक्रम आयोजना गरेको बताए । उनले भने, ‘रगत पैसा तिरेर पनि पाँईदैन, पसलमा किन्न पनि पाइँदैन, बेलैमा रगत नपाएमा मान्छेको जीवन जोखिममा पर्छ ।’
संघका अध्यक्ष हेमकृष्ण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष तथा कार्यक्रम संयोजक लिलाम्बर सुवेदीले स्वागत र महासचिव मुक्तिप्रसाद पनेरुले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रममा प्रादेशिक रक्तसञ्चार केन्द्र पोखराले प्राविधिक सहयोग गरेकाे थियाे।






