पोखरा । नेपाली बजारमा आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँ घटेको छ ।
मूल्य घटेसँगै आज सुनको भाउ प्रतितोला एक लाख ७० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार बिहीबार सुनको भाउ तोलाको एक लाख ७१ हजार रुपैयाँ थियो ।
पोखरा बजारमा आज सुनको भाउ एक लाख ७० हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ कास्कीले जनाएको छ ।
यता, असली चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँ घटेको छ । मूल्य घटेसँगै आज चाँदी एक हजार नौ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
बिहीबार चाँदी प्रतितोला एक हजार नौ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।
आज पोखरा बजारमा चाँदीको मूल्य तोलाको दुई हजार २० रुपैयाँ कायम भएको छ ।






