• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

प्रजातन्त्र सेनानी लीलाभक्त आचार्यको निधन

नीतिप्रेस by नीतिप्रेस
February 22, 2025
in गण्डकी प्रदेश, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । प्रजातन्त्र सेनानी लीलाभक्त आचार्यको ९५ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि स्वासप्रस्वास रोगबाट पीडित आचार्यको शनिबार बिहान करिब ७ मा आफ्नै निवास पोखरा महानगरपालिका वडा नं १७ विरौटामा ९५ वर्षको उमेरमा निधन भएको हो ।

उनका पत्नीको यस अघि नै निधन भइसकेको छ । उनका पाँच छोरा र पाँच छोरी छन् । उनको आजै १२ बजे तुलसीघाटमा अन्तिम संस्कार हुने बताइएको छ

उनले पोखराको धार्मिक तथा शैक्षिक विकासमा महत्वपूर्ण योगदान दिएका छन् । उनी २०२१ सालमा पोखरा ९, २०२४ मा वडा नं. १७ को वडाध्यक्ष, २०२५ सालमा कास्की जिल्ला पञ्चायत सदस्यमा निर्वाचित भए । यस्तै २०५८ सालमा छोरेपाटनस्थित गुप्तेश्वर गुफा व्यवस्थापन समितिको अध्यक्षसमेत बनेर काम गरेका थिए ।

उनी पोखरा भीमकाली पाटनस्थित विन्ध्यवासिनी संस्कृत विद्यापीठको २०४९ सालदेखि २०५७ सालसम्म अध्यक्ष थिए । साथै उनी २०५४ सालमा संस्कृत विश्वविद्यालयको सभासद बने भने विन्ध्यवासिनी संस्कृत विद्यापीठको भौतिक एवं शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याएका थिए ।

आचार्य २०३६ सालमा बहुदलीय व्यवस्थाका पक्षधर बने । आचार्य २०४२ सालमा राष्ट्रिय पञ्चायत सदस्य पदको उम्मेद्वार बनेका थिए भने आचार्य २०४६ सालको संयुक्त जनआन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका थिए ।

आचार्य नेपाली कांग्रेस क्षेत्र नं. ९९ को सभापति समेत बनेका थिए । २०४३ देखि २०४६ सालसम्म प्रौढ संगठनको गण्डकी अञ्चल सभापति भई आचार्यले प्रौढहरूको हकहितको संरक्षण तथा आत्मसम्मानका निम्ति उनी सक्रिय भएका थिए ।

पोखरास्थित महेन्द्र मावि, तालबाराही मावि, पार्दी मावि, महतगौंडाको जानकी प्रावि, राम मन्दिरसहित अधिकांश धार्मिक स्थल तथा मठमन्दिर स्थापनाको श्रेय पनि आचार्यलाई दिने गरिन्छ ।

उनको निधनप्रति नेपाली कांग्रेस कास्की, नेपाली कांग्रेस पोखरा महानगर कार्यसमिति र वडा कार्यसमिति पोखरा-१७ ले दुःख व्यक्त गरेको छ ।

कास्की कांग्रेस सभापति किशोरदत्त बराल, पोखरा महानगर कार्यसमिति सचिव टुवराज बास्तोला, पोखरा-१७ सभापति देवराज आचार्यले आचार्यको निधनले नेपाली कांग्रेसलाई अपूरणीय क्षति पुगेको बताएका छन् ।

यस्तै नेपाली कांग्रेस कास्की क्षेत्र नं १ का सचिव सरोज केसीले प्रजातन्त्र सेनानी एवं कांग्रेसका अगुवा नेता आचार्यको निधनले आफू र सिंगो नेपाली कांग्रेस परिवार स्तव्ध, मर्माहत एवं भावविह्वल भएको उल्लेख गरेका छन् । उनले कांग्रेस नेता रंगीला आचार्यसहित सबै परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

Previous Post

आज दुई पटक काल बेला परेको छ, शनिदेवको प्रिय दिनमा तपाईंको राशिफल कस्तो होला ?

Next Post

भीष्म पितामहको अवशान !

Next Post

भीष्म पितामहको अवशान !

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन