• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

लायन्सलाई समाजसँग जोड्न पोखरामा रिजन सम्मेलन

नीतिप्रेस by नीतिप्रेस
February 22, 2025
in गण्डकी प्रदेश, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ ‘एम’ अन्तर्गतको रिजन सम्मेलन पोखरामा सम्पन्न भएको छ । लायन्सलाई समाजसँग जोड्ने उद्देश्यका साथ सम्मेलन आयोजना गरिएको हो ।

सम्मेलन उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले लायन्सको सिद्धान्त अनुकरणीय र उदाहरणीय रहेको बताएका छन् ।

लायन्सको सिद्धान्त व्यक्तिगत र विभिन्न संघसंस्थामा अनुशरण गर्न सकेमात्र हाम्रो उद्देश्य पूरा हुने उनले स्पष्ट पारे । समाजले लायन्सलाई राम्रैसँग हेरेको भन्दै उनले हामीले हाम्रो वास्तविक जीवन बुझ्न आवश्यक रहेको बताए ।

पेट भोको राखेर मन्दिरमा लगेर जति दान गरे पनि केही नहुने भन्दै उनले मानवको सेवा गर्न लायन्सबाट सिक्नुपर्नेमा जोड दिए ।

पोखरा उपत्यका नगर विकास समिति पूर्वअध्यक्ष विश्वप्रकाश लामिछानेले लायन्स समाज परिवर्तनको संवाहक भएको बताए । लायन्सले विशेषगरी ग्रामीण क्षेत्रमा स्वास्थ्य र शिक्षामा गरेको योगदान निकै महत्वपूर्ण रहेको उनले बताए ।

लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ ‘एम’ का क्याविनेट सेक्रेटरी शिवराज आचार्यले लायन्सले शिक्षा, स्वास्थ्यसँगै युवा र स्वरोजगार लक्षित कार्यक्रम गरिरहेको बताए । साथै लायन्सले संसारभरका मानिसको मनसँग मन जोड्ने प्रयास गरिरहेको उल्लेख गरे ।

कलष्टर १ का कलष्टर चिफ लक्ष्मण तिमिल्सिनाले लायन्सलाई समाजसँग जोड्नका लागि कार्यक्रम आयोजना गरिएको बताए । कुनै न कुनै तवरले समाज सेवामा जोडिनका लागि पनि लायन्समार्फत अघि बढेको उनले बताए ।

धेरै स्वास्थ्य र शैक्षिक संस्थामा लायन्स जोडिएको भन्दै उनले लायन्स सेवाभावले नै अघि बढिरहेको बताए । लायन्सका पछाडि केही आरोप लाग्ने गरे पनि ति आरोपमा सत्यता नभएको उनले स्पष्ट पारे ।

पोखरा प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति पद्मराज ढकाल र पोखरा महानगरपालिका सहकारी समितिका पूर्वअध्यक्ष तेजनारायण अधिकारीले लायन्सले समाज र मानवसेवामा खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।

साथै सहभागीमध्ये महेन्द्र दाहाल र कपील शर्माले लायन्सका बारेमा जिज्ञाशा राखेका थिए ।

कार्यक्रममा जनस्वास्थ्य अभियान्ता अनील अधिकारी, हास्यव्यंग्य कलाकार युवराज भण्डारी, खेलकुदतर्फ भूगोल गुरुङ र अधिवक्ता माधवी पाण्डे पन्तलाई सम्मान गरिएको थियो । सम्मानित व्यक्तित्वद्वय भण्डारी र पन्तले पनि लायन्सको गतिविधिबारे चर्चा गरेका थिए ।

रिजन १ का चियर पर्सन लक्ष्मी कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा रिजन ३ का चियर पर्सन युवराज पौडेलले स्वागत, रिजन २ का चियर पर्सन फडिन्द्र शर्माले धन्यवाद ज्ञापन र जोन २ की चियर पर्सन सम्झना रानाभाटले सञ्चालन गरेकी थिइन् ।

Previous Post

ग्लोवल युथ रेडक्रस सर्कलको रक्तदानमा ४१ युनिट रगत संकलन

Next Post

काठमाडाैँ हेरिटेज र चेन्नई मेराकी रोटरीबीच भागिनी क्लब सम्झौता

Next Post

काठमाडाैँ हेरिटेज र चेन्नई मेराकी रोटरीबीच भागिनी क्लब सम्झौता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन