• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

ग्लोवल युथ रेडक्रस सर्कलको रक्तदानमा ४१ युनिट रगत संकलन

नीतिप्रेस by नीतिप्रेस
February 22, 2025
in गण्डकी प्रदेश, शिक्षा, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नं १२ स्थित ग्लोबल कलिजियटमा आयोजित रक्तदान कार्यक्रत्रममा ४१ युनिट रगत संकलन भएको छ ।

ग्लोवल युथ रेडक्रस सर्कलले आयोजना गरेको कार्यक्रमको उद्घाटन नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति दण्डराज शर्माले गरेका थिए ।

उनले रक्तदानप्रति आम नागरिकको धारणा निकै परिवर्तन भएको भन्दै हरेक उत्सवमा मानिसले रक्तदान गर्न थालेको बताए । जसका कारणले रगतमा निकै सहजता आएको उनको भनाइ छ ।

उनले भने, ‘विगतमा रगत किन्नु पर्थ्यो, केही अघिसम्म सोधभर्ना गर्नुपर्ने अवस्था थियो, अहिले पूरै निःशुल्क भयो ।’

नेपालमा २०२३ सालमा रक्तदान कार्यक्रम शुरु भएको भन्दै उनले कास्कीमा भने २०४६ सालमा पहिलो पटक रक्तदान भएको पाइएको जानकारी दिए ।

रेडक्रस कास्कीले एक वर्षमा ४० हजार बढी पोका रगत संकलन र वितरण गर्ने गरेको भन्दै उनले २०७८ फागुन १ गतेबाट गण्डकी प्रदेश सरकारको सहयोगमा पूरै निःशुल्क वितरण गर्ने गरिएको स्पष्ट पारे । अहिले जति रगत आवश्यक परे पनि निःशुल्क पाइने उनको भनाइ छ ।

पोखरामा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, मणिपाल शिक्षण अस्पताल, गण्डकी मेडिकल कलेज र रेडक्रस कास्कीको भवनबाट रगत संकलन, भण्डारण र वितरण हुने गरेको छ ।

पोखरामा संकलित रगत काठमाडौँ र चितवनसम्म पुर्याउने गरिएको छ । पोखरामा हरेक वर्ष करिब छ सय संघसंस्थाले रक्तदान कार्यक्रम आयोजना गर्ने गरेको सभापति शर्माले जानकारी दिए ।

कार्यक्रममा पोखरा-११ का वडाध्यक्ष प्रेम कर्माचार्य, रेडक्रस उपशाखा पोखरा-१२ का सभापति ईन्दिरा पन्त, ग्लोबल कलिजियटका प्राचार्य बाबुराम पन्तलगायतले रगतको विकल्प अन्य नभएको बताए । उनीहरुले हरेक योग्य व्यक्तिले वर्षमा कम्तीमा तीन पटक रक्तदान गर्न मिल्ने भन्दै यसलाई विशेष अभियानकै रुपमा अघि बढाउन आवश्यक भएको बताए ।

ग्लोवल युथ रेडक्रस सर्कलका अध्यक्ष ओपल धामीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक नायक विन्दुप्रसाद सुवेदी थकितले स्वागत र सर्कल सचिव निकिता रानाभाटले सञ्चालन गरेकी थिइन् ।

Previous Post

भारतमा सवारी दुर्घटना, तीन नेपालीको घटनास्थलमै मृत्यु

Next Post

लायन्सलाई समाजसँग जोड्न पोखरामा रिजन सम्मेलन

Next Post

लायन्सलाई समाजसँग जोड्न पोखरामा रिजन सम्मेलन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन