• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

६१ जना महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण

नीतिप्रेस by नीतिप्रेस
February 23, 2025
in गण्डकी प्रदेश, समाचार, स्वास्थ्य
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नं १७ हिमाली टोलस्थित शिशिर व्यूटीपार्लरको आयोजना एवं पश्चिमाञ्चल क्षेत्रीय अस्पताल नर्सिङ निरीक्षकको प्राविधिक सहयोगमा ६१ जना महिलाको पाठेघरको मुख परीक्षण गरिएको छ ।

महिलाको अनुहारसँगै भित्री अंग पनि स्वस्थ हुनु पर्दछ भन्ने लक्ष्यका साथ कार्यक्रम आयोजना गरिएको बताइएको छ ।

शिविरमा परीक्षण गरिएकामध्ये १० जना महिलामा समस्या देखिनुका साथै एक जनाको रिपोर्टमा पोजेटिभ देखिएपछि थप उपचारका लागि अस्पताल सिफारिस गरिएको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल नर्सिङ निरीक्षक पुष्पलक्ष्मी महर्जनले जानकारी दिइन् ।

उनका अनुसार भीआइए टेष्ट गर्दा पाठेघरको मुखमा करिब पाँच प्रतिशत एसिटिक एसिड लगाई पाठेघरको मुखमा रंग परिवर्तन भएको हेरिन्छ । यसको नतिजा तुरुन्तै पत्ता लाग्दछ र परीक्षण गर्दा दुख्दैन र शरीरमा समेत कुनै नराम्रो असर पर्दैन ।

‘भीआइए टेस्ट पोजेटिभ आउनु भनेको क्यान्सर हुनु हैन, एचपीभीको संक्रमण हुनु हो, जुन समयमा उपचार गरेमा निको हुन्छ’, उनले भनिन्, ‘समयमा उपचार नगर्ने हो भने क्यान्सर हुन्छ ।’

शिविरमा अस्पतालका नर्सिङ निरीक्षक जसमाया रिजेलले प्राविधिक सेवा प्रदान गरेकी थिइन् ।

पोखरा महानगरपालिका वडा नं १७ का वडासदस्य तारा सेवाले शिविरको उद्घाटन गर्दै पार्लरले व्यवसायसँगै महिलाको स्वास्थ्यमा समेत चासो देखाएर समाजप्रति महत्वपूर्ण योगदान गरेको बताइन् ।

पत्रकार हरिप्रसाद बास्तोलाले पाठेघरको मुखको क्यान्सरबाट महिलाहरु पीडित हुने गरेको भन्दै आफ्नाे शरीरमा देखिएको समस्या चिकित्सकसँग खुलेर राख्नुपर्नेमा जोड दिए ।

अनुहारमा मात्र होइन भित्री शरीर सफा र निरोगी हुनुपर्नेमा जोड दिंदै उनले यस्ता शिविर सरकारी स्तरसँगै विभिन्न संघसंस्थाले पनि आयोजना गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा २० हजार रुपैयाँ बराबरको औषधिसमेत वितरण गरिएको थियो ।

संस्थाका प्रोपाइटर एवं राष्ट्रिय प्रशिक्षक दीपक गोदारको अध्यक्षतामा भएको कार्यक्रममा पार्लर सञ्चालक शिशिर गोदारले व्यवसायसँगै सात जनालाई रोजगार दिंदै आएको बताइन् ।

शिविरका लागि वइलटेन प्रोफेसनल कस्मेटिक कम्पनीले सहयोग गरेको थियो ।

Previous Post

सामुदायिक विद्यालयका लेखापालमाथि अन्यायपूर्ण व्यवहार

Next Post

पोखरा-८ मा अचार बनाउने तालिम शुरू

Next Post

पोखरा-८ मा अचार बनाउने तालिम शुरू

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन