पोखरा । पोखरा महानगरपालिका वडा नं ८ ले अचार बनाउने व्यवसायिक तालिम आयोजना गरेको छ ।
तीन दिनसम्म सञ्चालन हुने तालिमको उद्घाटन गर्दै वडाध्यक्ष रुद्रनाथ बरालले तालिमले स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका खेल्ने दावी गरे ।
उनले भने्, ‘विगतमा पनि हामीले कोशीखेतीलगायतका थुप्रै तालिम आयोजना गरेका थियौँ, ति तालिम निकै प्रभावकारी भए, अचार बनाउने तालिम पनि निकै प्रभावकारी हुन्छ भन्नेमा ढुक्क छौँ ।’
तालिममा सहभागीले आआफ्ना टोलमा प्रशिक्षकको भूमिकामा सबैलाई सिकाउनुपर्नेमा उनले जोड दिए ।
अचार बनाउने तालिम एउटा तालिममात्र नभएको भन्दै उनले यसले धेरैलाई स्वरोजगार, अर्थोपार्जनमा महत्वपूर्ण टेवा पुर्याउने उनको दावी छ ।
कार्यक्रम संयोजक एवं वडासदस्य हिराकाजी श्रेष्ठले तालिम निकै प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
तालिममा ४० जना सहभागी छन् । उनीहरुलाई सोनल बोगटी भुजेलले तालिम दिनेछन् । कार्यक्रम सञ्चालन विवेक भुजेलले गरेका थिए ।






