पोखरा । लमजुङको बेशीसहरमा घरको छतबाट खसेर बिहीबार एक बालकको ज्यान गएको छ । मृत्यु हुनेमा न्यू एरा स्कुलको नर्सरीमा अध्ययनरत चार वर्षीय हमदान मिया रहेको बताइन्छ ।
प्रहरीका अनुसार बालक बिहीबार दिउँसो करिब ४ बजे बेंशीशहर नगरपालिका वडा नं ८ क्याम्पस रोडस्थित तीन तले घरको छतबाट मूल सडकमा खस्दा गम्भीर घाइते भएका थिए ।
उनलाई तत्कालै प्रदेश अस्पताल बेंसीशहर लगिएकोमा त्यहाँ सामान्य उपचारपछि चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेज रेफर गरिएको थियो ।
बालकको उपचारको क्रममा बिहीबार राति करिब १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक अभिषेक पाण्डेले जानकारी दिए ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






