पोखरा । नेपाली बजारमा आज सुनको भाउ तोलामा पाँच सय रुपैयाँ बढेको छ ।
मूल्य बढेसँगै छापावाला सुनको भाउ तोलाको एक लाख ७० हजार आठ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको भाउ आइतबार तोलाको एक लाख ७० हजार तीन सय रुपैयाँ थियो ।
पोखरा बजारमा आज सुनको भाउ प्रतितोला एक लाख ७१ हजार तीन सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ कास्कीले जनाएको छ ।
यता आज असली चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँ बढेको छ ।
मूल्य बढेसँगै चाँदीको भाउ प्रतितोला एक हजार नौ सय ८५ रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको भाउ तोलाको एक हजार नौ सय ७० रुपैयाँ थियो ।
आज पोखरा बजारमा चाँदीको भाउ दुई हजार १५ रुपैयाँ कायम भएको छ ।






