• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पुम्दीकोटको महायज्ञमा भक्तजनको उत्साहजनक सहभागिता

नीतिप्रेस by नीतिप्रेस
February 24, 2025
in गण्डकी प्रदेश, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । ‘समृद्धि र विकास, वेरोजगार र विदेश पलायन हुनेका लागि निकास’ भन्ने उद्देश्का साथ पोखरा २२ पुम्दीकोटमा कैलाशधाम निर्माणका लागि आयोजित ज्ञान महायज्ञमा भक्तजनको भिड लागेको छ ।

महायज्ञमा आइतबार गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारी पुगेका थिए । भागवत मञ्जरी राधिका दासीको श्रीमद्भागवत वाचनमा भक्तजनको घुइँचो लागेको कार्यक्रम संयोजक चन्द्रकान्त बरालले जानकारी दिए ।

बरालका अनुसार आइतबार मात्रै करिब २० हजार भक्तजन पुम्दीकोट पुगेका छन् । कार्यक्रममा स्वतःस्फुर्त रूपमा विभिन्न संघसंस्था एवं आमा समूहले भक्तजनको व्यवस्थापन, प्रसाद वितरणलगायत कार्यमा सहयोग गरेका छन् । हरेक साँझ हुने महाआरती कार्यक्रममा पनि भक्तजनको उल्लेख्य भिड लाग्ने गरेको छ ।

महायज्ञको विभिन्न धार्मिक च्यानल, युटुब, सामाजिक सञ्जाल र हल्लनचोक लेकसाइड र पोखरा सभागृह चोकको ठूलो पर्दाबाट समेत प्रत्यक्ष प्रसारण भइरहेको छ ।

महायज्ञ अवधिभर पोखरादेखि पुम्दीकोटसम्म निःशुल्क बस सेवा सञ्चालन भएको समिति सल्लाहकार मातृका बरालले जानकारी दिए ।

पोखरा-१७ विरौटा, बराल फिड, छोरेपाटन हुँदै पुम्दीकोटसम्म बिहान ९ बजेदेखि यातायातको व्यवस्थापन हुने बरालले जानकारी दिए ।

महायज्ञमा धार्मिक अनुष्ठानका अलावा श्रीमद्भागवत वाचन तथा विभिन्न कलाकारमार्फत धार्मिक नाटक झाँकी प्रदर्शनलगायत दानदाता सम्मान कार्यक्रम जारी छ।

धार्मिक चेतना जागरण गर्दै सनातन परम्परालाई मजबुत बनाउन यसअघि पुम्दिकोटमा विस २०७३ र ०७९ सालमा धार्मिक महोत्सव गरिएको थियो ।

२०७३ सालमा पहिलो पटक ईश्वरकृष्ण महाराजको मुखारबिन्दुबाट महायज्ञ सम्पन्न भएको थियो । त्यसपछि २०७९ सालमा शिवमहापुराण ज्ञान महायज्ञ गरिएको थियो ।

यस पटकको महायज्ञमा दानराशिका आधारमा एक हजार रुपैयाँसम्मका दानलाई दान पेटिकामा खसालिने, एक हजारदेखि तीन हजारसम्म दान गर्ने दाताको नाम अभिलेखमा राखी रसिद प्रदान गरिने, तीन हजार एक रुपैयाँदेखि पाँच हजार रुपैयासम्म दान गर्ने दातालाई प्रमाणपत्रद्वारा सम्मान गरिने, पाँच हजार एक रुपैयाँदेखि १० हजारसम्म दान गर्ने दातालाई फ्रेमसहितको प्रमाणपत्रद्वारा रामनामीले सम्मान गरिने बताइन्छ ।

यसैगरी १० हजार एकदेखि २५ हजार रुपैयाँसम्म दान गर्ने दातालाई फ्रेमसहितको प्रमाणपत्र प्रदान गर्नुका साथै दाताको नाम शिलालेखमा लेखिनेछ ।

यस्तै २५ हजार एकदेखि ५० हजार रुपैयाँसम्म दान गर्नेलाई सम्मानसहित भजनकीर्तनले स्वागत, मञ्चबाट नाम घोषणा, शिलालेखमा नाम राखिने, ५० हजार एकदेखि एक लाखसम्म दान गर्नेलाई संस्थाको आजीवन सदस्यता प्रदान गरिनेछ भने एक लाख एकदेखि दुई लाख २५ हजार नौ सय ९९ सम्म दानगर्नेलाई आकर्षक मायाको चिनो प्रदान गरिनेछ ।

दुई लाख २५ हजारदेखि पाँच लाखसम्म दान गर्ने दातालाई थप सम्मानसहित परिसरभित्र रहेका कुनै एक शिवलिङ्ग उनको नामबाट स्थापित गरिनेछ भने पाँच लाखदेखि माथि दान गर्नेलाई आयोजक समितिको निर्णयले उचित सम्मान दिइने समिति व्यवस्थापक रुद्रनाथ पौडेलले जानकारी दिए ।

Previous Post

लमजुङमा आज पनि गयो भूकम्प

Next Post

आज बढ्यो सुनचाँदीको भाउ, पोखरामा कतिमा हुँदैछ कारोबार ?

Next Post

आज बढ्यो सुनचाँदीको भाउ, पोखरामा कतिमा हुँदैछ कारोबार ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन