पोखरा । लमजुङमा आज बिहान भूकम्पको धक्का महसुस भएको छ ।
आज बिहान ९ बजेर ११ मिनेट जाँदा मर्स्याङ्दी गाउँपालिका वडा नं २ घनपोखरास्थित खुदीखोला आसपास केन्द्रविन्दु बनाएर भूकम्प गएको बताइएको छ ।
राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार तीन दशमलव एक रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का छिमेकी जिल्ला मुस्ताङ, गोरखा र तनहुँमा पनि महसुस गरिएको छ ।
आज भूकम्प गएकै स्थान केन्द्रविन्दु बनाएर गत पुस २७ गते बिहान पनि तीन दशमलव छ रेक्टर स्केलको भूकम्प गएको थियो ।
यसअघि लमजुङ र मनाङको सिमाना केन्द्रबिन्दु भएर चार दशमलव एक रेक्टर स्केलको भूकम्प गएको थियो ।






