पाेखरा । बागलुङमा सोमबार साँझ पिकअप जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन् ।
मृत्यु हुनेमा नसीखोला गाउँपालिका वडा नं ७ का ७५ बर्षीय खड्कबहादुर कुँवर र ढोरपाटन नगरपालिका वडा नं ५ नाथुरेका ३५ बर्षीया जुना कँडेल छन् ।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार उनीहरुको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा परी बडिगाड गाउँपालिका-९ का ६३ बर्षीय तेजकुमारी बुढा, ५० बर्षीया निमसरा बुढा, ५२ बर्षीया यमकुमारी पौडेल, ३० बर्षीया सीता पौडेल, दर्लिङका २३ बर्षीय हिमाल घर्ती घाइते भएको प्रहरीले जानकारी जनाएको छ । उनीहरुको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
बडिगाड गाउँपालिका वडा नं ९ दर्लिङ खोलाको खहरे फुर्से धारामा लु३च ५५६९ नम्बरको पिकअप जीप दुर्घटना भएको हो । जीप सडकदेखि ५० मिटर तल खसेको छ ।





