चितवन । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको मूल्य बएको छ । संघका अध्यक्ष विनोद पोखरेलका अनुसार किसानसहितको बैठकले सोमबारदेखि अण्डाको मूल्य बढाउने निर्णय गरेको हो ।
मूल्य बढेसँगै अब मध्यम अण्डा प्रतिक्रेट (३० वटा) को तीन सय ९० रुपैयान्, ठूलो अण्डा चार सय १० र एक्स-एल अण्डा प्रतिक्रेटको मूल्य चार सय २५ रुपैयाँ पुगेको छ ।
यसअघि मध्यम अण्डा प्रतिक्रेट तीन सय ५०, ठूलो अण्डा तीन सय ७० र एक्स-एल अण्डा प्रतिक्रेट तीन सय ८५ रुपैयाँ थियो । यो फार्म मूल्य हो ।
बजारमा अण्डाको माग बढेको र लागतसमेत बढी रहेकाले मूल्य बढाउनुपरेको अध्यक्ष पोखरेलको भनाइ छ ।





