पोखरा । राष्ट्रिय फोटो पत्रकार समूह कास्कीको अध्यक्षमा योगेन्द्र निर्वाचित भएका छन् । समूहको पोखरामा सम्पन्न जिल्ला अधिवेशनले श्रेष्ठलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।
समूहको उपाध्यक्षमा वसन्त शेर्पा, सचिवमा प्रेम थापा, कोषाध्यक्षमा गणेश बज्रलामा, सहसचिवमा माधव पोखरेल छन् । सहसचिव पोखरेल नीतिप्रेस डटकमका कार्यकारी सम्पादक हुन् ।
यस्तै कार्यसमिति सदस्यमा हुमबहादुर गुरुङ, अभिनन्दन बजिमय, मदनमणि तिमिल्सिना, सागर ढकाल छन् ।
कार्यक्रममा समूहका केन्द्रीय अध्यक्ष प्रदीपराज वन्तले कास्कीका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे । उनले संस्थागत रुपमा अग्रज फोटो पत्रकारसँग समन्वय गरेर काम गर्न आग्रह गरे ।
पत्रकार राधिका कँडेलले समूहले फोटो पत्रकारको हकहितमा काम गर्नुपर्नेमा जोड दिइन् ।
नवनिर्वाचित अध्यक्ष श्रेष्ठले फोटो पत्रकारको हकहितका लागि सक्रियताका साथ काम गर्ने प्रतिबद्धता जनाए ।
समूहले नयाँ वर्ष २०८२ को अवसरमा संस्थागत भित्तेपात्रो प्रकाशन गर्ने, फोटो पत्रकारको प्रोत्साहनका लागि विभिन्न पुरस्कार स्थापना गर्ने र पोखरामा फोटो प्रदर्शनी आयोजना गरिने अध्यक्ष श्रेष्ठले बताए ।






