पोखरा । पोखरा महानगरपालिका वडा नं १३ स्थित भद्रकाली माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्षमा दीपक गुरुङ (माइला) चयन भएका छन् ।
शनिबार सम्पन्न अभिभावक भेलामार्फत् तीन जना निर्वाचित भएका थिए । जसमा देवीप्रसाद सुवेदी, लक्ष्मी सुवेदी बराल, लक्ष्मी रामदाम निर्वाचित हुँदा जग्गादाताबाट धिरजप्रसाद ढेवाजु चयन भए ।
यसैगरी वडा कार्यालयले तीन जना सिफारिस गरेको थियो । जसमा दीपक गुरुङ (माइला) माधवप्रसाद आचार्य र बलबहादुर बराल थिए । सदस्य सचिवमा विद्यालयकै प्रधानाध्यापक यदुराज पंगेनी छन् ।
निर्वाचित र मनोनीत भएका सदस्यको बैठकले गुरुङलाई आगामी तीन वर्षका लागि अध्यक्षमाा चयन गर्ने निर्णय गरेको हो ।
भद्रकाली स्कुल वि.सं २००८ सालमा स्थापना भएको हो । विद्यालयमा हाल करिब दुई हजार विद्यार्थी अध्ययनरत छन् ।
भद्रकाली परिसरमा क्याम्पससमेत सञ्चालन हुँदै आएको छ ।






