पोखरा । धादिङमा ट्याङ्कर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
जिल्लाको गल्छी गाउँपालिका वडा नं ३ स्थित गुप्तेश्वर मन्दिरमा पानी लिएर जाँदै गएको बा.प्र ०१-००४ क ३३५२ नम्बरको ट्याङ्कर दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी सुवास हमाल ट्याङकर ब्याक गर्ने क्रममा सडकबाट पाँच सय मिटर तल खसेको छ ।
मृत्यु हुनेमा गुजुरी गाउँपालिका वडा नं ६ का १८ वर्षीय प्रशान्त चेपाङ र २० वर्षीय जयराम चेपाङ छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा गजुरी गाउँपालिका वडा नं ६ का १९ वर्षीय सिरिश चेपाङ र १७ वर्षीय सुरेश चेपाङलाई थप उपचारका लागि काठमाडौं पठाइएको डीएसपी हमालले जानकारी दिए ।
दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






