पोखरा । नेपाली बजारमा आज बुधबार सुनको मूल्य तोलामा आठ सय रुपैयाँले घटेको छ ।
मूल्य घटेसँगै आज छापावाला सुनको भाउ एक लाख ७० हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकोछ ।
सुनको भाउ मंगलबार तोलामा एक लाख ७१ हजार तीन सय रुपैयाँ रहेको थियो ।
पोखरा बजारमा आज सुनको भाउ एक लाख ७१ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ कास्कीले जनाएको छ ।
यता आज असली चाँदीको भाउ तोलामा ३० रुपैयाँ घटेको छ ।
मंगलबार प्रतितोला एक हजार नौ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार नौ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।
पोखरामा आज चाँदीको भाउ तोलाको एक हजार नौ सय ७० रुपैयाँ कायम भएको छ ।





