• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरामा ‘वीपी साहित्यको अभिलेखन’ पुस्तकबारे परिचर्चा

नीतिप्रेस by नीतिप्रेस
February 28, 2025
in कला-साहित्य, गण्डकी प्रदेश, राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । नेपाली कांग्रेस वीपी स्मृति पुस्तकालय गण्डकी प्रदेशद्वारा आयोजित पठन संस्कृति कार्यक्रम भएको छ ।

श्रृङ्खला-५ मा प्राडा गोविन्दराज भट्टराईद्वारा लिखित ‘वीपी साहित्यको अभिलेखन’ पुस्तक बारे परिचर्चा भएको थियो । पृथ्वीनारायण क्याम्पसका पूर्वसहायक क्याम्पस प्रमुख प्राडा मबहादुर पौडेल क्षेत्रीले पुस्तकको परिचर्चा गरे ।

क्षेत्रीले राजनीति र साहित्य, नेपालमा राजनीति र साहित्यमा वीपी कोइराला, पुस्तकभित्र समावेश भएका विषयवस्थतुबारे संक्षिप्तमा चर्चा गरेका थिए ।

नेपाली कांग्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णुप्रसाद लामिछानेले पुस्तक परिचर्चाको पाचौँ श्रृङ्खलामा आइपुग्नु खुसीको कुरा रहेको बताए ।

उनले वीपीले साहित्यमा गरेको योगदान अतुलनीय रहेको बताए । पछिल्लो समय अध्ययनप्रति रुची कम हुँदै गएको हुँदा पुस्तकालयको आवश्यकता भएको उनले स्पष्ट पारे ।

उनले भने, ‘अहिलेको अवस्थामा पार्टीका दस्तावेज, अध्ययन गर्ने शैली, पार्टीका नेताप्रति अध्ययन गर्ने क्रम अत्यन्तै कम हुँदै गएको, सिद्धान्तको आधारमा पार्टीलाई अगाल्ने काम भन्दा पनि व्यक्ति र अन्य थुप्रै कारणले आकर्षित हुने कारण बन्न पुग्यो, यसले पार्टीलाई सही दिशामा लाँदैन भन्ने लागेपछि पुस्तकालय स्थापना गरेका हौँ ।’

लामिछानेले राजनीतिमा डिग्री गर्नु मात्र नभएर व्यक्तित्व विकास महत्वपूर्ण भएको बताए । उनले स्वअध्ययनले व्यक्तित्व विकास गर्ने हुँदा पुस्तकालयले अहम भूमिका निर्वाह गर्ने भनाइ थियो ।

लामिछानेले आफू हारेर पनि मुलुकलाई जिताउनुपर्छ भन्ने सोच वीपीको कार्यशैली सबै नेता कार्यकर्ताले सिक्नुपर्ने बताए । साच्चै नै राजनीति गर्ने हो भने पहिलो प्राथमिकता जनता, समाज र मुलुक हो भनेर लाग्नुपर्नेमा उनले जोड दिए ।

राजनीति र साहित्य लेखक प्राडा गोविन्दराज भट्टराईले वीपी कोइरालाप्रतिको श्रद्धा उच्च रहेको बताए ।

वीपीले नेपाली आख्यान, मनोविज्ञानको सिद्धान्त ल्याएर नेपाली साहित्यमा विशेष योगदान पुर्‍याउनुभएका भट्टराईले बताए ।

कार्यक्रममा डा.इश्वरमणि अधिकारी र डा. लक्ष्मीशरण अधिकारीले जिज्ञासा राखेका थिए ।

कार्यक्रममा डा. बलराम भट्टराईले आफूले लेखेका केही थान पुस्तक पुस्तकालयलाई सहयोग गरेका थिए ।

पुस्तकालयका अध्यक्ष माधवप्रसाद बास्तोला (मधु)को सभापतित्वमा भएको अध्यक्ष प्राडा कुसुमाकर न्यौपानेले सञ्चालन गरेका थिए ।

Previous Post

आज सार्वजनिक बिदा

Next Post

आज ह्वात्तै घट्यो सुनचाँदीको भाउ, पोखरामा कतिमा हुँदैछ कारोबार ?

Next Post

आज ह्वात्तै घट्यो सुनचाँदीको भाउ, पोखरामा कतिमा हुँदैछ कारोबार ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन