पोखरा । नेपाली बजारमा आज सुनको मूल्य दुई हजार दुई सय रुपैयाँ घटेको छ ।
मूल्य घटेसँगै आज छापावाला सुनको भाउ प्रतितोला एक लाख ६८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको भाउ बिहीबार तोलाको एक लाख ७१ हजार तीन सय रुपैयाँ थियो ।
आज पोखरा बजारमा सुनको भाउ एक लाख ६८ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ कास्कीले जनाएको छ ।
यता आज असली चाँदीको भाउ आज पनि तोलामा ३० रुपैयाँ घटेको छ । मूल्य घटेसँगै चाँदीको तोलाको एक हजार नौ सय १५ रुपैयाँ कायम भएको छ ।
चाँदीको भाउ बिहीबार एक हजार नौ सय ४५ रुपैयाँ थियो । पोखरा बजारमा चाँदी प्रतितोला एक हजार नौ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।






