• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

‘समाज बुझ्न विद्यार्थीमा पठन संस्कृति महत्वपूर्ण’

नीतिप्रेस by नीतिप्रेस
February 28, 2025
in गण्डकी प्रदेश, नेपाली समाचार आजको, शिक्षा, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । नियमित पाठ्यक्रमबाहेक विद्यार्थीमा अन्य पुस्तक पढ्ने अभ्यास निकै कम देखिन्छ । तर, वर्तमान समाज बुझ्न, कुनै विषयमा धारणा बनाउन विद्यार्थीमा पठन संस्कृतिको विकास आवश्यक रहेको पोखरामा जारी एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलका वक्ताले जोड दिएका छन् ।

फेस्टिभलको ‘विद्यालयमा पठन संस्कृति’ शुक्रबार सत्रमा बाल साहित्यकार सुरज उपाध्यायसँगको कुराकानीमा प्याब्सन कास्कीका सचिव सुरेन्द्रमान सिंह भण्डारीले पाठ्यपुस्तकको निर्दिष्ट गन्तव्य हुने भएकाले समाज बुझ्न अन्य पुस्तक पढाउन आवश्यक रहेको बताए ।

‘हामी हुर्किरहेका समाजसँग संवाद गर्न पठन संस्कृति सबैभन्दा महत्वपूर्ण छ, त्यसले हाम्रो समाजको सभ्यता, समाजको दायरा र धारणाको निर्माण गर्ने हुँदा अपरीहार्य मानेको छु,’ अल्फा बोर्डिङ स्कुलका प्राचार्यसमेत रहेका उनले भने ।

विद्यार्थीलाई समाज बुझाउन पछिल्ला वर्षमा कक्षाकोठामा पढाइराख्नेभन्दा पनि अलग कामको प्रयास भइरहेको भण्डारीले सुनाए । पाठ्यक्रम विकास केन्द्रले बनाएको भन्दा बाहिर जान नसक्दा साहित्य पठन सोचेजस्तो नभएको उनको भनाइ थियो । तर, ढिलोचाँडो हालको पढाइ र पाठ्यक्रम परिवर्तन हुने भण्डारीले विश्वास व्यक्त गरे ।

पठन संस्कृति विकास गर्न परिवार सकारात्मक रहनुपर्ने उनको भनाइ थियो । ‘पाठ्यपुस्तक पढ्यो भने खुसी हुने तर त्योलगायत अन्य पुस्तकमा गहिरो अभिरूचि बढिराख्यो, पढ्दै गयो भने पढेको नमान्ने मानसिकता व्याप्त छ,’ उनले भने ।

नवोदीप बोर्डिङ स्कुलका सञ्चालक कौशल्या गुरुङले पठन संस्कृति विकास घरबाटै गर्न आवश्यक रहेको बताइन् । घरमै अभिभावकले बाल साहित्य ल्याएर दिने, कथा सुनाउनेबाट पठन संस्कृति विकास हुने उनको भनाइ थियो ।

विद्यार्थीको सोच शक्ति कति ठूलो बनाउने, कस्तो बनाउने भन्ने शिक्षकमा भर पर्ने गुरूङले बताइन् । ‘जति शारीरिक रूपमा तन्दरुस्त रहनपर्छ त्यतिकै दिमागलाई क्रिएटीभ हुन, विश्लेषणात्मक हुन पढ्नु एकदमै जरूरी छ,’ उनले भनिन् ।

पढ्ने गतिविधिलाई टिकटक, रिल्स र प्रविधिसँग जोड्न सके प्रभावकारी हुने गुरूङको भनाइ थियो । शिक्षालाई संगीतसँग जोड्न सके झनै छिटो विद्यार्थीलाई बुझाउन सकिने भएकाले त्यसलाई प्रोत्साहन गर्न आवश्यक रहेको उनले बताइन् ।

‘शिक्षालाई पनि संगीतमा ढालेर जति छिटो सम्झन सक्छौँ किताब पढेर अलिकति ढिलो हुन्छ । तर किताबको पढाइ गहिरो नै हुन्छ’, उनले भनिन्, ‘संगीतमा रूचि हुने क्रिएटिभ हुन्छन् भन्ने अध्ययनले देखाएको छ । बुक फ्री डेको दिनमा टिकटकजस्तै बुक टक भन्ने एप छ, त्यस्तो एप प्रयोग गर्न सकिन्छ ।’

हिमालयन बोर्डिङ स्कुलका प्रधानाध्यापक टेकनारायण पौडेलले नेपालमा किताबलाई गलत ढंगबाट परिभाषित गरिएको बताए । विद्यालयको पाठ्यक्रमबाहेक अरू पुस्तकलाई पुस्तक नै परिभाषित नगरिएको उनको भनाइ थियो ।

‘किताबलाई गलत ढंगबाट परिभाषित गर्‍याैँ,’ पौडेलले भने, ‘पाठ्यक्रम बाहिरको कुरालाई जोड दिने हो भने बुक फ्री भनेको दिनमा साहित्य, कला, रचना वा जीवन बदल्न सक्ने जीवनी जोडेर सिकाउन सक्छौं ।’

मनोविज्ञान बुझ्ने, समयानुकूल आवश्यकता पहिचान गर्ने कुरा शिक्षकले बुझेर पठन संस्कृतिको काममा विकास गर्न आवश्यक रहेको उनले सुनाए । ‘बुक फ्री फ्राइडे’ भनेर एक दिन खुसी बनाउने र पाँच दिन किताबको बोझ बोकाउनु ठिक नभएको पौडेलले बताए ।

Previous Post

आज ह्वात्तै घट्यो सुनचाँदीको भाउ, पोखरामा कतिमा हुँदैछ कारोबार ?

Next Post

सन्तानलाई समय दिन सकिए धेरैजस्तो समस्या घरभित्रै समाधान : हिसान अध्यक्ष जैशी

Next Post

सन्तानलाई समय दिन सकिए धेरैजस्तो समस्या घरभित्रै समाधान : हिसान अध्यक्ष जैशी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन