पोखरा । बेगनास युवा क्लबद्वारा आयोजित तेस्रो बेगनास कपअन्तर्गत शनिबार एकै दिन छ खेल सम्पन्न भएका छन् ।
पहिलो खेलमा न्यू स्टार एफसीले शान्ति दीप युथ क्लवलाई आठ गोलको फराकिलो अन्तरले पराजित गरेको छ । जसमा शान्ति दीपका अन्जन मगरले एकैले छ गोल गरे । साथै निश्चल जिसी र दिपेन गुरुङले एक,एक गोलको योगदान दिए ।
दोश्रो खेलमा ब्ल्याक डाईमण्डले सम्सेर एण्ड सनम एफसीलाई २-० को गोल अन्तरले पराजित गरेको छ भने तस्रो खेलमा आयोजक बेगनास क्लब निलोले घरेलु एफसीलाई ३-१ को अन्तरले हराएको छ ।
चौथो खेलमा एनडी कसमस जापानले आईडिओ कास्कीलाई २-१ को अन्तरले पराजित गरेको छ भने पाँचौं खेलमा मिक्की एफसी ले नौलो तारालाई ३-० को अन्तरले पराजित गरेको छ ।
विनोद मेमोरियल र खरबारी एफसी बीच भएको अन्तिम खेलमा ३-० को अन्तरले विनोद मेमोरियलले जित हासिल गरेको छ । प्रतियोगितामा विनोद मेमोरियलका अनुज भण्डारीले ह्याट्रिक गरेका गरेका थिए ।
प्रतियोगितामा २८ टिमको सहभागिता रहेको संयोजक विज्ञान कोईरालाले जानकारी दिए ।
प्रतियोगिता सञ्चालन गर्न नौ लाख ५० हजार खर्च लाग्नेछ भने करिब १० लाख आम्दानी हुने र खर्च कटाएर ५० हजार बचत हुने अनुमान गरिएको छ ।






