पोखरा । नेपाली बजारमा सुनको भाउ आज पनि स्थिर रहेको छ । शुक्रबारदेखि नै सुनको मूल्य तोलाको एक लाख ६८ हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गत बिहीबार भने सुनको मूल्य तोलाको एक लाख ७० हजार तीन रुपैयाँ थियो । त्यसपछि शुक्रबार घटेर तोलामा एक लाख ६८ हजार एक सय रुपैयाँ कायम भएको सुनको भाउ सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको हो ।
पोखरा बजारमा आज पनि सुनको भाउ एक लाख ६८ हजार छ सय रुपैयाँ कायमै रहेकाे नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ कास्कीले जनाएको छ ।
यता, आज असली चाँदीको मूल्य पनि स्थिर छ । तीन दिनयता नै चाँदीको मूल्य तोलामा एक हजार नौ सय १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
आज पोखरामा चाँदीको भाउ तोलाको एक हजार नौ सय ४५ रुपैयाँ कायम भएको छ ।






