• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरा र जनकपुर बीच सहकार्य हुनुपर्नेमा जोड

नीतिप्रेस by नीतिप्रेस
March 3, 2025
in अर्थ/वाणिज्य, गण्डकी प्रदेश, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा र जनकपुरका व्यवसायीले आपसी सहकार्य हुनुपर्नेमा जोड दिएका छन् । जाउँ है पोखरा अभियानअन्तर्गत जनकपुरमा सोमबार आयोजित कार्यक्रममा पर्यटन क्षेत्रको विकास र आपसी सिकाईका विषयमा दुई शहरका व्यवसायीले हातेमालो गरेर अघि बढ्नुपर्नेमा जोड दिएका हुन् ।

मधेश प्रदेशका उद्योग, वाणिज्य एवं पर्यटन मन्त्री सकिल अलि मियाँले पोखरा–जनकपुर बीच हवाई सेवा सञ्चालनमा जोड दिए ।

मधेश प्रदेशको पर्यटन ऐन पारित भई लागू हुने क्रममा रहेको अवगत पनि उनले गराए । व्यवसायी एकापसमा मिलेर पर्यटन क्षेत्रलाई थप अघि बढाउन सकिने उनले सुझाव राखे ।

होटल संघ पोखराका अध्यक्षसमेत रहेका अभियान संयोजक लक्ष्मण सुवेदीले जनकपुरवासीलाई पोखरा भ्रमणको निम्ता गरे ।

मधेश प्रदेशका सांसद राम आशिष यादवले पोखरा र जनकपुरले एकर्कासँग सिक्न जरुरी भएको भनाइ राखे । सत्कार, सुविधा र सुरक्षाले पर्यटन अघि बढ्न सक्ने स्मरण उनले गराए ।

होटल संघका केन्द्रीय सदस्य विजयकुमार झुनझुनवालाले हिन्दू धर्मको महत्व अनुसार प्रचारप्रसार अघि बढ्न नसक्नु दुःखद पक्ष भएको बताए ।

जनकपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष निर्मलकुमार चौधरीले पोखराले धार्मिक पर्यटक आकर्षण गर्ने उपाय अघि बढाउनुपर्ने सुझाव राखे ।

बन्दीपुर केबलकार एण्ड टुरिजम प्रालिका उपाध्यक्ष किरण पोखरेलले प्रालिले सञ्चालन गरेको परियोजना र सेवासुविधाका बारेमा जानकारी गराएका थिए ।

नेपाल टुर एण्ड ट्राभल एशोसिएशन मधेश प्रदेशका अध्यक्ष मोहनकुमार शर्माले पोखरा साहसिक पर्यटनका हिसाबले थप अघि बढ्न सक्ने सुझाव राखे ।

पाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरण साहले पोखराका एक हजार दुई सय होटलमा १५ हजार जनाले रोजगारी पाउनु सकारात्मक पक्ष भएको बताए ।

व्यवसायी वीरेन्द्र शाहले पोखरामा मधेशी पर्यटकलाई सम्मानित व्यवहार गर्न आग्रह गरे ।

संघका उपाध्यक्ष गणेशराज पहारीले पोखरा र जनकपुर बीच धार्मिक एवं पर्यटनका हिसाबले धेरै समानता रहेको भन्दै आपसी सहकार्यका लागि आव्हान गरे ।

कार्यक्रममा संघले जाउँ है पोखराका विभिन्न पाँच प्याकेज पनि सार्वजनिक गरेको छ । घुमघाम, बसाई र खानपान सम्बन्धित यी प्याकेज पाँच हजार रुपयाँदेखि २६ हजार रुपैयाँ बीचका छन् । होटल संघका सचिव पार्वता पाण्डेले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

Previous Post

पोखरामा आज कतिमा हुँदैछ सुन-चाँदीको कारोबार ?

Next Post

पूर्वयुवराज पारस शाहलाई हृदयघात

Next Post
फाइल तस्बिर

पूर्वयुवराज पारस शाहलाई हृदयघात

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन