पोखरा । नेपाल वितरक महासंघको अध्यक्षमा दुर्गाप्रसाद गौतम निर्वाचित भएका छन् । महासंघको पोखरामा सम्पन्न १३औं साधारणसभा एवं छैटौँ महाधिवेशनले गौतमलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।
महासंघको वरिष्ठ उपाध्यक्षमा राजकुमार श्रेष्ठ, उपाध्यक्ष दामोदर पाठक, कृष्णराज श्रेष्ठ छन् । महासचिवमा शिव खनाल, सचिवमा तेजेन्द्र पौडेल, कोषाध्यक्षमा मदनराज न्यौपाने र सह-कोषाध्यक्षमा सुजनकुमार श्रेष्ठ छन् ।
सदस्यमा दिलीपकुमार श्रेष्ठ, अच्युत ढकाल, रमेश अधिकारी, टंकप्रसाद श्रेष्ठ, श्याम पौडेल, खगेन्द्र बिमली, भरत खड़का, मनोज श्रेष्ठ, राजनकुमार श्रेष्ठ, तीर्थराज पौडेल, पशुपति शाह, नरेश न्यौपाने, राजकुमार जोशी, राजीव श्रेष्ठ, लाल कार्की, शिवराम पौडेल, कुलप्रसाद अधिकारी र मनोज रौनीयार छन् ।
म्हास.घमा निवर्तमान अध्यक्ष हरिराज पन्त पदेन सदस्य रहने छन् भने वरिष्ठ सल्लाहकारमा गोविन्द प्रसाद कर्माचार्य, विशेष सल्लाहकारमा सुरेश अधिकारी, सल्लाहकारमा टंक खनाल र विजय श्रेष्ठ रहेको निर्वाचन समिति संयोजक अधिवक्ता जगन्नाथ ढकालले जानकारी दिए ।






