• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

उच्च अदालत पोखराको फैसला कोटीहोमकै पक्षमा

नीतिप्रेस by नीतिप्रेस
March 3, 2025
in गण्डकी प्रदेश, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । उच्च अदालत पोखराले पुनः कोटीहोम आयोजक मानव सेवा फाउण्डेशनकै पक्षमा फैसला गरेको छ । कोटीहोम सम्बन्धमा उच्च अदालतका न्यायाधीशद्वय दीपेन्द्र अधिकारी र रमेश कोइरालाको संयुक्त इजलासले यसअघि उच्च अदालतका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्दको इजलासले गरेको फैसलालाई नै सदर गरेको हो । इजलासले यस मुद्दालाई अग्राधिकार दिएर छिटो पेशी तोकी कानूनसम्मत निर्णय गर्नसमेत आदेश गरेको छ ।

यही फागुन १ गते उच्च अदालतले कोटीहोम सञ्चालनमा कुनै बाधा अवरोध नगर्न अन्तरिम आदेश दिएको थियो । पोखरा महानगरपालिकाले यो आदेश एक पक्षीय भएको आरोप लगाउँदै खारेज गर्न मागसहित उच्चमै निवेदन दिएको थियो । सो निवेदनमाथि सोमबार सुनुवाई गर्दै अधिकारी र कोइरालाको इजलासले फागुन १ गते भएको अन्तरिक आदेशलाई अन्यथा गरिरहनु नपर्ने फैसला गरेको हो ।

आज पोखरा महानगरपालिकाको तर्फबाट अधिवक्ता शुकदेव गौतम र विपक्षी मानव सेवा फाउण्डेशनको तर्फबाट वरिष्ठ अधिवक्ताद्वय कृष्णबहादुर थापा र राजु बस्नेतका साथै अधिवक्ता वीरेन्द्र केसी, दुर्गाप्रसाद कोइराला, दीपक शर्मा पौडेल र तोयनाथ पौडेलले बहस गरेका थिए ।

फागुन १ गते अदालतले मानव सेवा फाउण्डेशनले प्राप्त गरेका अनुमति पत्र, नेपाल ट्रष्ट र सम्बन्धित सरकारी निकायको निर्णय तथा महायज्ञ आयोजनाका लागि गरिएको तयारीलाई आधार मानेर विपक्षी पोखरा महानगरपालिका र मातहतका निकायलाई कानूनी रूपमा बाधा पुग्ने कुनै कारण बाहेक अन्य कुनै पनि अवरोध सिर्जना नगर्न आदेश दिएको थियो ।

पोखराको बाराहीघाटस्थित ४८ रोपनी क्षेत्रफलमा आयोजना गर्न लागिएको ‘श्री गण्डकी शत कुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञ’ सञ्चालनमा कुनै बाधा अवरोध नगर्न आदेशमा भनिएको छ ।

आदेशमा भनिएको थियो, ‘मानव सेवा फाउण्डेशनले नेपाल ट्रष्टको स्वामित्वमा रहेको बाराहीघाटको करिब ४८ रोपनी जग्गा भाडामा लिएर २०८२ वैशाख सुरुदेखि ३० गतेसम्म कोटीहोम विराट ज्ञान महायज्ञ आयोजना गर्ने तयारी गरिरहेको छ, महायज्ञ सञ्चालनका लागि नेपाल ट्रष्टको कार्यालय, काठमाडौंले तोकिएको भाडा लिएर अनुमति दिएको छ भने पर्यटन, उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, पोखराले समेत सहमति प्रदान गरिसकेको छ, साथै पोखरा महानगरपालिका वडा नं. ६ कार्यालयले मिति २०८१ मंसिर ९ गते पत्रमार्फत अनुमति प्रदान गरेको देखिन्छ ।’

केही दिन अघि पोखरा महानगरपालिकाले नेपाल ट्रष्टलाई पत्राचार गर्दै महायज्ञ सञ्चालनका लागि महानगरको तर्फबाट अनुमति नदिएको भन्दै पत्र पठाएको थियो । यस निर्णयलाई गैरकानूनी ठहर गर्दै मानवसेवा फाउण्डेशनले उच्च अदालतमा उत्प्रेषण परमादेशसहितको निवेदन दिएको थियो ।

मानव सेवा फाउण्डेशनले कोटीहोमका लागि २५ प्रतिशत तयारी पूरा गरिकसकेको भन्दै जसरी पनि कोटीहोम लगाएरै छाड्ने जनाएको छ । कोटीहोमका लागि काठ दाउरा संकलन गरे क्रममा चौतारीका वर पीपरका रुख ठुटै हुने गरी काटिएपछि तीव्र आलोचना भएको थियो ।

कोटी होममा श्रीमद्भागवत कथा, राम कथा, शिवमहापुराण कथा, हनुमत कथा, श्रीमददेवी भागवत कथा वाचन हुनुको साथै लाखौँको विवाह, ब्रतवन्ध, चौरासी पूजा, तुलादान, प्रत्येक नेपालीको नाममा कोटी दीप, तीन सय भन्दा बढी ब्राह्मण गुरुको दैनिक उपस्थिति, लाखौँ रामनाम पुस्तिका वितरण गरी अरबौं रामनाम लेखिने र एक करोड शिवलिङ्ग स्थापना गरी एक करोड बेलपत्रद्वारा पुजन गरिने जनाइएको छ ।

सो अवसरमा राष्ट्रिय भजन प्रतियोगिता, कवि तथा सन्त सम्मेलन, धार्मिक संघसंस्थाको सम्मेलन, ११ हजार कलश पुजन, २५ हजार नरिवलको भोग, कन्या पूजा, ज्येष्ठ नागरिक सम्मान, गण्डकी प्रदेशका एक हजार बढी स्रष्टा सम्मान, शालिग्राम पुजन, चित्रकला प्रतियोगिता, रक्तदान, तन्दुलाञ्चल र धान्याञ्चल पर्वतको निर्माण, धार्मिक क्षेत्रसँग सम्बन्धित वक्तृत्वकला प्रतियोगितालगायतका कार्यक्रम गरिने भएको छ ।

आगामी २०८१ चैत्र १७ बाट २०८२ बैशाख १७ सम्म कोटीहोमको प्रचारात्मक कार्यक्रम हुने र बैशाख १७ देखि जेठ २६ सम्म कोटीहोम सञ्चालन गर्ने आयोजकको तयारी छ ।

चौताराका रुखसहित अन्य स्थानका रुख काटेर संकलन गरिएका दाउरा पोखरा महानगरले जफत गरेर राखेको छ । आयोजकले ५० ट्रकभन्दा बढी दाउरा संकलन गरी महायज्ञ स्थलमा जम्मा गरेकोमा अहिले महानगरले ती दाउरा नियन्त्रणमा लिएर राखेको छ ।

यस्तो छ फैसला

Previous Post

जनप्रियमा अनेरास्ववियुबाट आविष्कार स्ववियु सभापतिको उम्मेद्वार

Next Post

गण्डकीका मुख्यमन्त्री भारत प्रस्थान, मन्त्री श्रेष्ठ कार्यबाहक मुख्यमन्त्री

Next Post
फाइल तस्बिर

गण्डकीका मुख्यमन्त्री भारत प्रस्थान, मन्त्री श्रेष्ठ कार्यबाहक मुख्यमन्त्री

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन