पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे भारत प्रस्थान गरेका छन् । पत्नीको उपचारका लागि मुख्यमन्त्री आइतबार नै भारत गएका हुन् ।
मुख्यमन्त्री पाण्डे यसअघि साउन १३ र असोज २० मा आफ्नै उपचारका लागि भारत गएका थिए ।
मुख्यमन्त्रीले गण्डकी प्रदेश सरकारको नेतृत्व कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठलाई दिएका छन् ।
मुख्यमन्त्री पाँच दिनपछि स्वदेश फर्किने उनको सचिवालयले जनाएको छ ।






