• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

सराङकोट महायज्ञमा भक्तजनको घुइँचो, एकैदिन ४० लाख संकलन

नीतिप्रेस by नीतिप्रेस
March 3, 2025
in अर्थ/वाणिज्य, गण्डकी प्रदेश, नेपाली समाचार आजको, समाचार
0
सराङकोट महायज्ञमा भक्तजनको घुइँचो, एकैदिन ४० लाख संकलन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखराको सराङकोटमा जारी श्रीमद्भागवत् ज्ञान महायज्ञ एवं धार्मिक पर्यटन महाउत्सव अन्त्यतिर आइरहँदा भक्तजनको सहभागिता ह्वातै बढेको छ ।

महायज्ञको छैटौं दिन सोमबार करिब २० हजार भक्तजन सहभागी थिए । सोमबार एकै दिन ४० लाख रुपैयाँ बढी दान संकलन भएको महायज्ञका कोषाध्यक्ष शिव कोइरालाले जानकारी दिए । योसँगै महायज्ञमा एक करोड ५३ लाख बढी दान संकलन भएको उनले बताए ।

सोमबार सय बढी आमा समूह, टोल विकास संस्था तथा अन्य संघसंस्थाले सहयोग गरेका हुन् । पोखराका विभिन्न वडा, छिमेकी पालिका, पर्वत, तनहुँ एवं धादिङबाट समेत विभिन्न संघसंस्था सराङकोट धाम पुगी दान गरेका थिए ।

यसअघि महायज्ञ स्थल तथा धाम गरी दुई ठाउँबाट दान संकलन गर्ने गरिएकोमा सोमबार सचिवालयबाट समेत गरी तीन स्थानबाट दान संकलन गरिएको थियो ।

‘सराङकोट निकै रमाइलो छ, यो जिउँदै स्वर्गको अनुभव गर्ने ठाउँ हो, त्यहाँ पुगेपछि जो कोहीको मन पनि लोभिन्छ र आकर्षित हुन्छ’, सोमबार यज्ञ स्थलमा भेटिएकी पोखरा-१६ बाटुलेचौरस्थित मैदान आमा समूहकी सदस्य अञ्जु थापाले भनिन्, ‘रमाइलो मात्र होइन, बेस्सरी रमाइलो भयो आज सराङकोट धाममा ।’

यज्ञमा सोमबार पोखरा-१८ निवासी गौमती जिसी परिवारले तीन लाख ४८ हजार नौ सय ९९, पोखरा न्यूरोड निवासी तीर्थबहादुर उर्मीला बस्नेत परिवारले दुई लाख ३३ हजार तीन सय ३३, पोखरा-८ निवासी कृष्णबहादुर कुँवर परिवारले पनि दुई लाख ३३ हजार तीन सय ३३ रुपैयाँ दान गरेका थिए ।

यस्तै पोखरा-१८ निवासी रमेश सुशीला थापा परिवारले एक लाख ११ हजार एक सय ११, बालहितकारी परियोजना पोखरा-१५ नयाँगाउँले एक लाख एक हजार एक सय ११, पुन समाज नदीपुरले ५३ हजार एक सय ११, पोखरा-१८ मेथलाङका गोविन्द तथा ईश्वर गौतम परिवारले ५१ हजार एक सय ५५, पोखरा-१८ तोरीपानीकी सुमित्रा तिमिल्सिनाको परिवारबाट ५१ हजार एक सय ५५, पोखरा-२२ पुग्दीभुम्दी निवासी चन्द्रकान्त बराल परिवारबाट ५१ हजार रुपैयाँ दान प्राप्त भएको प्रचारप्रसार समिति संयोजक कृष्ण थापाले जानकारी दिए ।

सोमबार यज्ञस्थलमा पुगेका पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले सराङकोट पवित्र भूमि भएको चर्चा गरे । सराङकोटको बृद्धि विकासमा महानगरपालिका प्रयत्नशील रहेको भन्दै उनले धार्मिक पर्यटकीय क्षेत्रअन्तर्गत आगामी दिनमा विश्व बैंकको सहयोगमा सराङकोटमा विभिन्न संरचना निर्माण हुने स्पष्ट्र पारे ।

यज्ञ सफलताउन्मुख भएको युवा परिचालन समिति संयोजक बलराम तिमिल्सिनाले दावी गरे । सोमबार वडाध्यक्ष शिवप्रसाद तिमिल्सिनाले स्थानीय चण्डी मन्दिर उद्घाटन गरेका थिए ।

सराङकोटमा २०६१ सालदेखि गुरुयोजना बनाई विभिन्न संरचना निर्माण गरिएको छ । हालसम्म विशाल शिव मन्दिर, नेपालकै पहिलो विशाल पञ्चमुखी गणेश मूर्ति, १०८ शिवलिङ्ग, १०८ धारा, भ्यू टावर, बहुउद्देश्यीय भवन, भूमे कालिका, स्वागतद्वार निर्माण भएका छन् । ती संरचना निर्माणमा हालसम्म ३५ करोड बढी खर्च भइसकेको छ । सराङकोटमा अझै १५ करोडका संरचना निर्माण गर्ने समितिले लक्ष्य राखेको छ ।

महाउत्सवमा सामुहिक ब्रतबन्ध, लाख बत्ती बाल्ने, ग्रह शान्ति, रुद्री, चौरासी पूजा तथा संगीतमय भजन कीर्तन भइरहेको छ भने भागवत् भाष्कर पण्डित कमलनयन गौतमले कथा प्रवचन गरिरहेका छन् ।

Previous Post

श्रीमतीको घाँटी थिचेर हत्या गर्ने दिनेश पक्राउ

Next Post

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, चालक गम्भीर

Next Post
वाणगंगामा मोटरसाइकल दुर्घटना: दुईको मृत्यु, एक गम्भीर

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, चालक गम्भीर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन