मकवानपुर । मकवानपुरमा ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा चितवन रत्ननगर नगरपालिका वडा नं १६ पिठुवाका ५६ वर्षीय नीमबहादुर थापा छन् ।
सोही दुर्घटनामा सोही ठाउँका मोटरसाइकल चालक ५५ वर्षीय रामजी गौतम घाइत भएका छन् । उनको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरीमा ना१६प ३१८१ नंको मोटरसाइकललाई ना६ख ४०५५ नंको ट्रकले ठक्कर दिएको थियो ।
ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकका आफन्तले उचित क्षतिपूर्तिको माग र घटनामा सङ्लग्नलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरअगाडि पूर्वपश्चिम राजमार्ग करिब एक घण्टा अवरुद्ध गरेका थिए ।
माग सम्बोधन हुने आश्वासनपछि सडक सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।






