• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

आज दुई पटक लाभ बेला परेको छ, श्रीकृष्णको प्रिय दिनमा राशिफल कस्तो होला ?

नीतिप्रेस by नीतिप्रेस
March 5, 2025
in धर्म/संस्कृति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आजको पञ्चाङ्ग

मिति २०८१ फागुन २१ गते बुधबार, इस्वीसंवत मार्च ५ तारिक सन् २०२५, श्रीशाके १९४६, नेपाल संवत् ११४५, कालयुक्तनाम संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । शिशिर ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार फाल्गुनशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज फाल्गुनशुक्लपक्षको षष्ठी तिथि साँझमा ५ः३९ बजेसम्म त्यसपछि सप्तमी तिथि लाग्नेछ । नक्षत्रमा भरणी बिहानमा ७ः१६ बजेसम्म त्यसपछि रोहिणी नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा ऐन्द्र ० घटि २७ पलासम्म त्यसपछि विष्कुम्भ लाग्नेछ । करणमा कौलव रहनेछ । आनन्दादि योगमा काण रहनेछ ।

सूर्य कुम्भ राशिमा, चन्द्रमा मेष राशिमा रहनेछ । आज दिनमान २९ घटि ०९ पला अर्थात ११ घण्टा ४१ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ः२६ बजे तुरुदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ६ः०६ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय बिहानमा ९ः४५ बजे र अस्ताउने समय रातिमा १२ः०० बजे रहेको छ । 

आजको राशिफल

मेषः आज समय शुभ छ । सोच र विषयवस्तुप्रति मन केन्द्रित हुनेछ । गोपनीय ढंगले गरिएको कामबाट मनग्गे फाइदा हुनेछ । सुखद् समाचारले अझ उत्साह बढ्नेछ । पढाइलेखाइमा प्रगति हुनेछ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । रचनात्मक कार्यमा जुट्दा प्रशस्तै फाइदा हुने समय छ । गुरुजनको विशेष सहयोग प्राप्त हुनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ ।

वृषः आज समय खराब रहनेछ । धार्मिक वा सांस्कृतिक महत्वको यात्राको सम्भावना छ । दिक्क र झर्कोलाग्दो दिन भए पनि साँझमा शुभ कुराको सङ्केत मिल्नेछ । बिर्सिसकेको आफन्त वा साथीभाइसित भेटघाट हुने सम्भावना छ । आफन्त वा साथीभाइले गर्नैपर्ने काममा समेत सघाउ पुर्‍याउन सक्दैनन्, त्यसैले आफ्नै बुद्धि र बलको प्रयोग गरेमा अन्त्यमा सफलता प्राप्त गर्नु हुनेछ ।

मिथुनः आज समय शुभ छ । प्रभावशाली र ठूला मानिसको सहयोग जुटाउन सकिन्छ । आमाको सहयोगबाट फाइदा मिल्नेछ । सामाजिक कार्यले सम्मानित स्थान दिलाउनेछ । तर, स्वास्थ्यमा समस्या आउन सक्छ । सम्झौताले खिन्नता बढाउनेछ भने बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिने छ । भूमि तथा मातृधनबाट लाभ लिने समय छ । विगतका कमजोरीलाई सुधार गर्ने मौका छ ।

कर्कटः आज समय मध्यम खालको छ । विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । पोशाक, पहिरन र सरसफाइमा ध्यान पुर्याउने समय मिल्नेछैन । काममा विघ्नबाधा उपस्थित हुन सक्छन् । आर्थिक क्रियाकलापमा सोचेको फाइदा नउठ्न सक्छ । प्रशंसकले पनि आलोचना गर्न सक्छन् । मान-सम्मानमा आघात पर्ने देखिन्छ । परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ ।

सिंहः आज समय शुभ छैन । हिम्मतले काम लिन नसक्दा केही पछि परिनेछ । लेनदेनमा पनि विवाद बढ्ने सम्भावना छ । मानसम्मानमा आघात पुग्न सक्छ । हिम्मतले काम लिन नसक्दा केही पछि परिनेछ । योजनाअनुसार अघि बढ्न नसकिए पनि नियमित काम भने बन्नेछन् । खानपानको अनियमितताले स्वास्थ्यमा समस्या देखिएला । सहयोगीहरू कमै भेटिनेछन् ।

कन्याः आज समय शुभ छ । पराक्रम र उत्साह बढ्नेछ । व्यापारिक वा दैनिक काम सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । अर्थलाभका अवसर आउने छन् । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ । मित्रवर्ग र बन्धुवान्धवबाट सहयोगको अपेक्षा गर्न सकिन्छ । देवालय, मठमन्दिर वा सार्वजनिक प्रतिष्ठानको दर्शन, भ्रमण वा अवलोकन गर्दा शान्तिको अनुभूति प्राप्त हुनेछ ।

तुलाः आज समय शुभ छ । श्रमको उचित मूल्यांकन हुनेछ । गरेका कामबाट प्रशस्त लाभ हुने समय छ । समय उत्साहवर्धक रहनेछ । व्यापारमा प्रशस्त फाइदा हुनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हात लाग्ने समय छ । पितृधन उपयोग गर्दा अझ लाभ हुन सक्छ । नयाँ ज्ञान प्राप्त हुनेछ । दाम, नाम, इनाम हातपार्ने बेला छ ।

वृश्चिकः आज समय शुभ छ । चुनौती पन्छाउँदै रोकिएका काम बनाउन सकिने छ । टाढाको यात्रा गर्ने अवसर जुट्न सक्छ । व्यवसायमा लगानी बढाउन सकिने छ । स्वास्थ्यप्रति सतर्क रहनु पर्छ । भेटघाटमा अलमलिनाले नियमित काममा बाधा पुग्न सक्छ । चुनौती देखिए पनि स्वाभिमानको रक्षा गर्न सकिने छ । दिगो आम्दानी हुने काम फेला पार्न सकिने छ ।

धनुः आज समय भरोषा गर्न योग्य छैन । भूमि, वाहन र पैतृक सम्पत्तिबाट खासै लाभ पाउन सकिंदैन । लामो समयदेखि काम बन्न नसकेकाले मनमा निराशा र वैराग्यका भावना टुसाउन सक्छन् । यद्यपि सामाजिक दायित्व बढ्नेछ । परिश्रम र मिहिनेतका बलमा प्रशस्त लाभ उठाउन सकिने छ । प्रयत्न गर्दा महत्वपूर्ण वस्तु लाभ हुनसक्छ । अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

मकरः आज समय शुभ छैन । काममा अनावश्यक प्रतिस्पर्धा गर्नुपर्ला । परदेश वा दूरदराजका क्षेत्रबाट लाभ लिन सकिने छ । लेनदेनको कारणले विवाद आउने सम्भावना छ । विपरीत लिंगीबाट पनि सचेत हुनुपर्छ । अनावश्यक दौडधूपमा समय बित्नेछ । फाइदाका लागि योजना गोप्य राख्न आवश्यक देखिन्छ । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् ।

कुम्भः आज समय शुभ छ । स्वास्थ्यले साथ राम्रै दिनेछ । मनमा फूर्ति र उत्साह बढेकै हुनेछ । काममा जाँगर बढ्नेछ, जागीर खाने ईच्छा भएमा प्रयास गर्नुहोस् सफलता मिल्ने छ । तपाईंले आँटेका सबै काममा राम्रो सफलता, परिश्रम अनुसारको आर्थिक लाभ राम्रो पाउनु हुनेछ । समय विशेष शुभ रहेकाले धार्मिक कार्यमा लगानी गरेमा लाभ तथा पुण्य मिल्नेछ ।

मीनः आज समय उपयुक्त छैन । आँटेका काम बन्ने संकेत छैन । मुख्य काममा बाधा हुने देखिन्छ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ वा सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ । प्रयत्न गरे पनि परिश्रम निरर्थक हुनेछ । आश्वासन बाँड्नेको भर पर्नु हुँदैन, झुक्याउन सक्छन् । व्यावसायिक काममा खर्च बढ्नेछ । सवारीमा सावधानी अपनाउनुहोला ।
 
साहित (यात्रा): सूर्य कुम्भ राशिमा, चन्द्रमा मेष राशिमा रहनेछ । त्यसैले पूर्वबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज बुधबार परेकाले उत्तरतर्फको यात्रा गर्दै नगर्नुहोला । आज उत्तर, पश्चिम र दक्षिणतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ६ः३४ बजेदेखि ०७ः५२ बजेसम्म लाभ बेला
बिहान ०७ः५२ बजेदेखि ९ः२० बजेसम्म अमृत बेला
बिहान ९ः२० बजेदेखि १०ः४७ बजेसम्म काल बेला
बिहान १०ः४७ बजेदेखि १२ः१५ बजेसम्म शुभ बेला
दिनमा १२ः१५ बजेदेखि १ः४३ बजेसम्म रोग बेला
दिनमा १ः४३ बजेदेखि ३ः१० बजेसम्म उद्धेग बेला
दिनमा ३ः१० बजेदेखि ४ः३८ बजेसम्म चर बेला
दिनमा ४ः३८ बजेदेखि ०५ः५६ बजेसम्म लाभ बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ०५ः५६ बजेदेखि ७ः३८ बजेसम्म अमृत बेला
साँझ ७ः३८ बजेदेखि ९ः१० बजेसम्म काल बेला
राति ९ः१० बजेदेखि १०ः४२ बजेसम्म शुभ बेला
राति १०ः४२ बजेदेखि १२ः१४ बजेसम्म रोग बेला
राति १२ः१४ बजेदेखि १ः४७ बजेसम्म उद्धेग बेला
राति १ः४७ बजेदेखि ३ः२६ बजेसम्म चर बेला
रातिमा ३ः२६ बजेदेखि ०४ः५१ बजेसम्म लाभ बेला
रातिमा ०४ः५१ बजेदेखि ६ः२३ बजेसम्म अमृत बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः दिनमा १२ः०० देखि १ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

Previous Post

हावाहुरीका कारण फेवातालमा फसेका तीन पर्यटकको सकुशल उद्धार

Next Post

पर्वतमा जीप दुर्घटना : दुई जनाको घटनास्थलमै मृत्यु, सात जना घाइते

Next Post

पर्वतमा जीप दुर्घटना : दुई जनाको घटनास्थलमै मृत्यु, सात जना घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन