पोखरा । एक्कासि आएको हावाहुरीका कारणपोखरास्थित फेवातालमा फसेका तीन पर्यटकको सकुशल उद्धार गरिएको छ ।
आज दिउँसो हावाहुरीको कारण फेवातालमा पसेका बारा जितपुर सिमरा उपमहानगरपालिका वडा नं २ का ४३ वर्षीय राजन उप्रेती, ४५ वर्षीय केशव दाहाल र ४७ वर्षीय विष्णुहरि दाहालको सकुशल उद्धार गरिएको कास्की प्रहरीले जनाएको छ ।
प्याडल बोटमार्फत बोटिङमा रमाइरहेका अवस्थामा एक्कासि हावाहुरी आउँदा उनीहरु अत्तालिएका थिए ।
घटनाको जानाकारी प्राप्त हुनेबित्तिकै सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्की फेवाताल रेस्क्यु टावरमा खटिएको सुरक्षा फौजले मोटरबोटको सहायताले उनीहरुको सकुशल उद्वार गरेको प्रहरीले जनाएको छ ।






