• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

दोस्रो सूर्यतारा खेल महोत्सवकाे तयारी अन्तिम चरणमा

नीतिप्रेस by नीतिप्रेस
March 4, 2025
in खेलकुद समाचार, गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । सूर्यतारा क्लब पोखराले यही फागुन २४ देखि ‘दोस्रो सूर्यतारा खेल महोत्सव’ आयोजना गर्ने भएको छ । चैत २ गतेसम्म सञ्चालन हुने कार्यक्रम पोखरा-२९ भण्डारढिकस्थित रङ्गशालामा सञ्चालन हुने कार्यक्रम संयोजक विष्णु पुनले जानकारी दिए । महोत्सवको तयारी अन्तिम चरणमा पुगेको उनले बताए ।

महोत्सवमा नेकोस कप फुटबल प्रतियोगिता मुख्य आकर्षण रहनेछ । प्रतियोगितामा प्रथम हुनेले चार लाख चार हजार चार सय ४४ रुपैयाँसहित शिल्ड मेडल र प्रमाणपत्र हात पार्ने उनले बताए ।

द्वितीय हुने टोलीले दुई लाख दुई हजार दुई सय २२ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछ ।

वेस्ट प्लेयरलाई १५ हजार र सर्वाधिक गोलकर्ताले १० हजार रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र हात पार्नेछ ।

प्रतियोगितामा १२ टिम सहभागी गराउने आयोजकको तयारी छ । फुटबल प्रतियोगिताको टाइटल स्पोन्सर नेपाल खेलकुद महासङ्घ रहेको संयोजक पुनले खुलाए ।

फुटबलका अलावा महोत्सवमा खुला सामूहिक लोक नृत्य प्रतियोगिता, खुला महिला स्लो स्कुटर रेस प्रतियोगिता, राष्ट्रिय खुला महिला डोरीतान प्रतियोगिता, खुला टेबलटेनिस प्रतियोगिता, एथ्लेटिक्स प्रतियोगिता र जातीय सङ्घसंस्था स्तरीय झाँकी प्रदर्शनी प्रतियोगिता समेत आयोजना गरिनेछ ।

महोत्सव उद्घाटन प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले गर्नेछन् भने समापन सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले गर्नेछन् ।

महोत्सवमा ३५ हजार दर्शक सहभागी हुने र १५ लाख दर्शकले विभिन्न माध्यमबाट अवलोकन गर्ने आयोजकको अनुमान छ ।

पुनको अध्यक्षतामा भएको कार्यक्रममा प्रचारप्रसार समिति संयोजक शिवराज सुवेदी र क्लबका सल्लाहकार शिव अधिकारीले बोलेका थिए ।

फुटबल प्रतियोगिताको प्रिक्वाटरफाइनल र क्वाटरफाइनल हेर्ने दर्शकका लागि एक सय तथा सेमिफाइनल र फाइनल हेर्ने दर्शकका लागि दुई सय रुपैयाँको टिकट व्यवस्था गरिनेछ ।

समापन कार्यक्रममा रचना रिमाललगायतका कलाकारको प्रस्तुति रहने बताइन्छ । महोत्सव सञ्चालन गर्न ८३ लाख खर्च हुने र त्यसको व्यवस्थापनसहित केही रकम बचत गर्ने आयोजकको लक्ष्य छ ।

Previous Post

ग्यास उद्योगीद्वारा आन्दोलन फिर्ता, मूल्य बढाउन लागिएकाे हाे ?

Next Post

हावाहुरीका कारण फेवातालमा फसेका तीन पर्यटकको सकुशल उद्धार

Next Post
फाइल तस्बिर

हावाहुरीका कारण फेवातालमा फसेका तीन पर्यटकको सकुशल उद्धार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन