दार्चुला । दार्चुला जीप दुर्घटना हुँदा चालकको ज्यान गएको छ । मृत्यु हुनेमा महाकाली नगरपालिका जडा नं २ का २७ वर्षीय महेश भुल छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्लाको नौगाड गाउँपालिकाको दल्लेकबाट सदरमुकाम खलङ्गातर्फ आइरहेको सुपप्र-००१-ज-०००५ नम्बरको जीप बुधबार दिउँसो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरक्षक छत्रबहादुर रावतले जानकारी दिए ।
जीपमा सवार सुशान्त भुल र सागर भुलको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । जीप सडकबाट अन्दाजी ५० मिटर तल खसेको थियो । दुर्घटनाका कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






