पोखरा । नेपाल भूतपूर्व सैनिक संघ गण्डकी प्रदेशको अध्यक्षमा प्रयागराज भण्डारी निर्वाचित भएका छन् ।
संघको प्रथम अधिवेशनले भण्डारीलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । भण्डारी नेपाली कांग्रेस पोखरा महानगर कार्यसमितिको उपसभापति हुन् ।
संघको महासचिवमा दानबहादुर भुजेल, कोषाध्यक्षमा रामप्रसाद तामाङ निर्वाचित भएका छन् ।
कार्यसमिति सदस्यमा टोपबहादुर खत्री, पदमबहादुर पौडेल क्षेत्री, मानबहादुर थापा, हर्कबहादुर भुजेल, क्षेत्रजंग भण्डारी, पदमबहादुर विक, आशको गुरुङ, तोकबहादुर क्षेत्री, चोकबहादुर गुरुङ, डोलबहादुर थापा, दिलिप शर्मा पौडेल, परशुराम गुरुङ, सूर्यबहादुर हमाल, नीरबहादुर मल्ल ठकुरी, शालिग्राम खड्का, भीमबहादुर केसी, रवीन्द्र गर्वुजा पुन, जीवन्धर चापागाई,, नन्दबहादुर विक, गणेबहादुर गुरुङ, भगवती कुमाल, धु्रवप्रताप मल्ल, जगतबहादुर बोहोरा, मोमबहादुर रोका मगर, सुब्बा पन्त, धर्मध्वज गुरुङ, चन्द्रमाया गुरुङ, बलबहादुर थापा, मीनबहादुर गुरुङ, खम्बा सिंह गुरुङ र गुनाखर न्यौपाने छन् ।






