• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

बास्थला गनगने र पँधेराखोला खानेपानी तथा सरसफाई उपभोक्ता समितिको साधारणसभा

नीतिप्रेस by नीतिप्रेस
March 8, 2025
in गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नं १३ आर्वास्थित बास्थला गनगने र पँधेराखोला खानेपानी तथा सरसफाई उपभोक्ता समितिको २०औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

सभाको उद्घाटन गर्दै पोखरा-१३ का वडाध्यक्ष किरण बरालले खानेपानी जस्तो संवेदनशील विषयमा वडा कार्यालयबाट आवश्यक पर्ने पाइप तथा प्राविधिकलगायत सबै सहयोग गर्ने प्रतिवद्धता जनाए ।

वडाध्यक्ष बरालले मौजुदा खानेपानीको अपुग हुने बित्तिकै लिफ्ट सिष्टमबाट नयाँ खानेपानी योजना सञ्चालन गर्ने वचन दिए । उनले भने, ‘आर्वामा अब लिफ्ट प्लान्टबाट उपभोक्ताकालाई खानेपानी उपलब्ध गराइने छ, हामीसँग धेरै योजना छन् जो तत्काल उपभोग गर्न सक्ने हुन्छन्’, उनले भने ।

विकास निर्माणमा आर्वा धेरै अघि बढिसकेको भन्दै उनले शिक्षा, स्वास्थ्य, खेलकुद, सडक निर्माण, खानेपानीलगायतमा आफू लागिरहेको भन्दै सबै उपभोक्ताले आआफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरे ।

समिति अध्यक्ष बद्रीप्रसाद देवकोटाको अध्यक्षतामा भएको साधारण कार्यक्रममा समिति संस्थापक अध्यक्ष नरबहादुर बरालले १७ वर्षसम्म आफूले समितिको नेतृत्व गर्दा र उपभोक्तालाई खानेपानी खुवाउने सवालमा पाएको दुःख हण्डर अनि अनुभव साट्दै उपभोक्ताको जिम्मेवारी नै महत्वपूर्ण रहने बताए ।

नेपाल पत्रकार महासंघका निवर्तमा सहसचिव श्रीराम सिग्देलले खानेपानी समिति हरेक उपभोक्ता हरबखत सचेत, चेतनशील र जिज्ञासु बन्नुपर्ने बताए ।
खानेपानी समितिले उपभोक्ता जागरण कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता उनले औंल्याए ।

कार्यक्रममा समाजसेवी वसन्त शर्मा अधिकारी, जग्गादाता यमकुमारी बराल, अमरज्योती प्राविका प्रधानाध्यापक बिमलबहादुर बराल, उपभोक्ता देवराज पौडेल, राधाकृष्ण बराललगायतले बोलेका थिए ।

साधारणसभामा अध्यक्ष देवकोटाद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष मधु बरालद्वारा प्रस्तुत आयव्यय प्रतिवेदन सर्वसम्वत पारित भएको थियो ।

कार्यक्रममा लामो समयदेखि खानेपानी समितिमा रहेर महत्वपूर्ण योगदान दिएकोमा नरबहादुर बराल, घनश्याम बराल, सावित्री सिग्देल, कुलप्रसाद बराल, रुद्रनाथ बराल, राधाकृष्ण बराल, गोबिन्दप्रसाद बराल र शकुन्तला परियारलाई सम्मान गरिएको थियो ।

अध्यक्ष देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष राजनकुमार सिग्देलले स्वागत तथा कार्यक्रम सञ्चालन सदस्य मुक्ति बरालले गरेका थिए ।

करिब दुई सय ८० उपभोक्ता रहेको खानेपानी समिति साविक आर्वाविजय गाविसका वडा नं २, ३, ४, ५ र ६ वडाका उपभोक्ता सदस्य छन् भने करिब आठ किमी टाढाबाट खानेपानी ल्याई उपभोक्तालाई मिटर सिष्टममार्फत पिउने पानी उपलब्ध गराइएको छ ।

Previous Post

पोखराकाे त्रिवेणी इन्टरनेशनल कलेजमा स्पोर्टस् मिट शुरु

Next Post

पोखरा-१७ को टपरी गास्ने तथा धूपवत्ति बाट्ने प्रतियोगिता सम्पन्न

Next Post

पोखरा-१७ को टपरी गास्ने तथा धूपवत्ति बाट्ने प्रतियोगिता सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन