• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरा-१७ को टपरी गास्ने तथा धूपवत्ति बाट्ने प्रतियोगिता सम्पन्न

नीतिप्रेस by नीतिप्रेस
March 8, 2025
in अर्थ/वाणिज्य, गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नं १७ ले टपरी गास्ने तथा धूप वत्ति बाट्ने प्रतियोगिता आयोजना गर्‍याे ।

एक सय १५औँ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा ‘सबै महिला तथा बालिकाका लागिः अधिकार, समानता र सशक्तीकरण’ भन्ने मूल नाराका वडा कार्यालयले प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगितामा वडाभित्रका आमा, दिदीबहिनी र महिला समूह गरी २१ समूहले प्रतिस्पर्धा गरेका थिए । जसमा टपरी गास्ने प्रतियोगितामा छिमेकी आमा समूह प्रथम हुँदै १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ ।

यस्तै जनजागर आमा समूह द्वितीय हुँदै सात हजार, लगनशील आमा समूह तृतीय हुँदै पाँच हजार, संकल्प आमा समूहले सान्त्वना स्थान हासिल गर्दै तीन हजार रुपैयाँ नगद पुरस्कार जितेको छ ।

यता, धूपवत्ति बाट्ने प्रतियोगितामा शितलपथ आमा समूह प्रथम हुँदै १० हजार, ड्यामसाइड टोल विकास आमा समूह द्वितीय हुँदै सात हजार, छिमेकी आमा समूह तृतीय हुँदै पाँच हजार र श्रीराम जानकी शान्तिपथ आमा समूहले सान्त्वना स्थान हासिल गर्दै तीन हजार रुपैयाँ नगद पुरस्कार जित्न सफल भए ।

कार्यक्रम उद्घाटन गर्दै पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले महिलालाई आत्मनिर्भर स्वाभलम्वी बनाउन प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताइन् ।

उनले महिलाहरु चुलो र चौकामा मात्र सीमित नबनि बाहिर निस्किएर आफ्ना क्षमता अभिवृद्धि गर्दै आयआर्जनमा पनि जोडिनुपर्नेमा जोड दिइन् ।

वडाध्यक्ष राधिका शाही योगीले महिलालाई उद्यमसँग जोड्न वडा कार्यालयले धेरै नै प्रयास गरिरहेको बताइन् । उनले प्रतियोगिताले महिलाको क्षमतामा अझै निखारता ल्याउने र घरमै बसेर स्वरोजगार बन्न सघाउने दावी गरिन् ।

महिलाले उत्पादन गरेका सामग्रीले बजार पाउन सकेन भने वडा कार्यालयले जिम्मा लिने उनको भनाइ छ । धर्म, संंस्कार र संस्कृति संरक्षणमा पनि महिलाको भूमिका महत्वपूर्ण रहेको वडाध्यक्ष शाहीले बताइन् ।

कार्यक्रममा गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समिति अध्यक्ष लक्ष्मण बास्तोला, कार्यक्रम संयोजक एवं वडासदस्य विष्णुकुमारी थापा भुजेल, वडासदस्य विक्रम गुरुङ, पोखरा-१७ का वडासचिव सुरेन्द्र शर्माका साथै सहभागीका तर्फबाट शितलपथ आमा समूहका अध्यक्ष सुमित्रा लम्साल र छिमेकी आमा समूहका अनिता पनेरुलगायतले बोलेका थिए ।

वडाध्यक्ष शाहीको अध्यक्षतामा भएको कार्यक्रममा संयोजक भुजेलले स्वागत र सञ्चालन वडाका कर्मचारी तिर्सना बरालले गरेकी थिइन् ।

तस्बिरहरू

Previous Post

बास्थला गनगने र पँधेराखोला खानेपानी तथा सरसफाई उपभोक्ता समितिको साधारणसभा

Next Post

नेपाल नामिबियासँग छ विकेटले पराजित

Next Post

नेपाल नामिबियासँग छ विकेटले पराजित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन