पोखरा । युगाण्डामा भइरहेको चार देशीय टी-२० महिला क्रिकेट श्रृंखलाको तेस्रो खेलमा नेपाल आज हङकङसँग खेल्दैछ ।
यो खेल नेपाली समय अनुसार अपरान्ह ४ः४५ बजे शुरु हुनेछ । यो श्रृंखलामा नेपालले खेलेका दुई खेलमध्ये एक जित र एक हार बेहोरेको छ ।
यस्तै हङकङले पनि दुई खेलमा एक जित र एक हार बेहोरेको छ ।
पहिलो चरण सकिएसँगै नेपालले दोस्रो चरणमा मार्च १२ मा नामिबियाविरुद्ध, मार्च १३ मा युगाण्डाविरुद्ध र मार्च १४ मा हङकङविरुद्ध खेल्ने तालिका छ ।
त्यसपछि मार्च १६ मा अंक तालिकामा पहिलो र दोस्रो हुने तथा तेस्रो र चौथो हुने देशबीच खेल हुने तालिका छ ।






