पोखरा । नेपाली बजारमा आज सोमबार पनि सुन भाउ बढेको छ भने चाँदीको घटेको छ ।
आज छापावाला सुनको भाउ तोलामा दुई सय रुपैयाँ बढ्दा असली चाँदीको भाउ भने तोलामा पाँच रुपैयाँ घटेको छ ।
मूल्य बढेसँगै आज सुनको भाउ तोलाको एक लाख ७० हजार चार सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको भाउ आइतबार तोलाको एक लाख ७० हजार दुई सय रुपैयाँ रहेको थियो ।
पोखरा बजारमा आज सुनको भाउ तोलाको एक लाख ७० हजार नौ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ कास्कीले जनाएको छ ।
यता आज चाँदीको भाउ घटेसँगै प्रतितोला एक हजार नौ सय ८५ रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको भाउ प्रतितोला एक हजार नौ सय ९० रुपैयाँ थियो ।
पोखरा बजारमा आज चाँदीको भाउ प्रतितोला दुई हजार १५ रुपैयाँमा कारोबार भइरहेको छ ।






