पोखरा । नेपाली बजारमा आज मंगलबार सुनको मूल्य घटेको छ । मूल्य घटेसँगै छापावाला सुनको भाउ तोलाको एक लाख ६९ हजार नौ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
यसअघि सोमबार सुनको मूल्य तोलामा एक लाख ७० हजार चार सय रुपैयाँ रहेको थियो ।
आज पोखरा बजारमा सुनको एक लाख ७० हजार चार सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ कास्कीले जनाएको छ ।
यस्ता आज असली चाँदीको भाउ पनि घटेको छ ।
सोमबार तोलामा एक हजार नौ सय ८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार घटेर तोलामा एक हजार हजार नौ सय ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
पोखरा बजारमा आज चाँदी प्रतितोला दुई हजार रुपैयाँमा कारोबार भइरहेको छ ।






