• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पर्वतको बराचौरवासी पोखरामा संगठित, अध्यक्षमा प्रदीप पराजुली चयन

नीतिप्रेस by नीतिप्रेस
March 11, 2025
in गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरामा रहेका पर्वतको बिहादी गाउँपालिका वडा नं २ बराचौरवासी संगठित भएका छन् । उनीहरुले पोखरामा भेला आयोजना गरी बराचौर-पोखरा सम्पर्क समिति गठन गरेका छन् । भेलाले प्रदीप पराजुलीलाई समितिको अध्यक्षमा चयन गरेको छ ।

समितिको उपाध्यक्षमा थमनसिंह गुरुङ र पार्वती पुरी गिरी, सचिवमा नेत्र पराजुली, सहसचिवमा कमला पुरी, कोषाध्यक्षमा शारदा पराजुली छन् ।

संस्थाको कार्यसमिति सदस्यमा मंगला शर्मा, कृष्ण गुरुङ, सावित्रा शर्मा, विक्की बसेल छन । समितिको सल्लाहकारमा लक्ष्मी पराजुली, बिष्णु पुरी र वेद पौडेल छन ।

अध्यक्षमा चयन भएका पराजुली पोखरामा रहेर शैक्षिक एवं सामाजिक क्षेत्रमा सक्रिय व्यक्तित्व हुन् । उनी थ्री स्टार टिचर एजुकेशन सेन्टरका म्यानेजर, इसीइसी कार्यक्रम गण्डकी प्रदेशको निर्देशक तथा नीति एकेडेमीका सल्लाहकार हुन् । पराजुली विशेषगरी मोटिभेसनल स्पीकर (प्रेरक वक्ता) का रुपमा परिचित छन् ।

अध्यक्षमा चयन भएपछि पराजुलीले बराचौरवासीको हरेक दुःख, सुख साथ दिने सबैलाई एकताबद्ध बनाउन प्रयास गर्ने बताएका छन् । साथै बराचौरको विकासमा पनि भूमिका खेल्ने गरी समितिलाई अघि बढाउने उनले प्रतिवद्धता जनाएका छन् । समाजलाई संस्थागत र वैधानिक रूप दिने योजना पराजुलीको छ । समितिलाई औपचारिक रूपमा दर्ता गरी नीति तथा वैधानिक संरचनाको विकास गरिने उनले बताए ।

आगामी दिनमा यस समाजलाई संस्थागत गर्दै विविध कार्यक्रम सञ्चालन गर्ने, पोखरामा बसोबास गर्ने बराचौरबासीका चुनौती समाधान गर्ने र सामाजिक अभियानमा संलग्न हुने उनको योजना छ ।

कुनै पनि व्यक्तिगत प्रभाव वा स्वार्थबिना पूर्ण पारदर्शिताका साथ समाजलाई अघि बढाउने उनको प्रतिबद्धता छ । उनले भने, ‘समयले जहाँ लगे पनि जन्मथलोप्रतिको माया कहिल्यै मर्ने रहेनछ ।’

अध्यक्ष पराजुलीले पोखरामा रहेका सबै बराचौरवासीलाई एउटै मञ्चमा ल्याई सहयोग, सहकार्य र भाइचारा मजबुत बनाउन पूर्ण समर्पित रहने स्पष्ट पारे ।

समाजको सशक्तीकरणका लागि आवश्यक कोष संकलन गर्दै सामाजिक कार्य सञ्चालन गर्ने योजनासमेत उनको छ ।

Previous Post

पोखराको फोहर पानी व्यवस्थापनका लागि ११ अर्बकाे गुरुयोजना तयार

Next Post

पोखरा-१९ मा १०७ वर्षीया ढुंगानासहित ४८ जना ज्येष्ठ नागरिक सम्मानित

Next Post

पोखरा-१९ मा १०७ वर्षीया ढुंगानासहित ४८ जना ज्येष्ठ नागरिक सम्मानित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन