काठमाडौँ । काठमाडौँमा मंगलबार करेन्ट लागेर एक किशोरको ज्यान गएको छ ।
मृत्यु हुनेमा रामेछाप मन्थली नगरपालिका वडा नं ७ का १५ वर्षीय सुमन खड्का छन् ।
कागेश्वरी मनोहरा नगरपालिका वडा नं ७ मूलपानीबाट अमरसिङ थापा चोक जाने सडकमा बाप्र ०३-००१ ख १३३८ नम्बरको टिपर बालुवा अनलोड गर्ने क्रममा बिजुलीको पोलको तार सर्ट भई करेन्ट लागेर टिपरका सहचालक खड्का गम्भीर घाइते भएका थिए ।
उनलाई उपचारका लागि शंखरापुर अस्पताल नारायणटारतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।






