पोखरा । चितवनमा बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका वडा नं १ पोखरा बसपार्क नजिकै तनहुँबाट दाङ जाँदै गरेको ग१ख ९९७७ नम्बरको बसको ठक्करबाट ती युवकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको परिचय खुल्न नसकेको बताइन्छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।






