मकवानपुर । मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ । मृत्यु हुनेमा बकैया गाउँपालिका-४ जुरेलीबजार ३३ वर्षीय रुपक दियाली छन् ।
दुर्घटनामा परी गम्भीर घाइते भएका दियालीलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए ।
प्रहरीका अनुसार मदन भण्डारी लोकमार्गमा बा४०प ५३०६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






