हुम्ला । हुम्लामा माटोको ढिस्कोले पुरिँदा एक महिलाको घटनास्थलमै मृत्युु भएको छ भने अन्य चार महिला घाइते भएका छन् ।
प्रहरीका अनुसार सर्केगाड गाउँपालिका-७ रोडिकोटमा घर लिपपोतका लागि माटो लिन गएकी २८ वर्षीया नेत्रकला जैसीको माटोको ढिस्कोले पुरिएर घटनास्थलमै मृत्यु भएको हो ।
माटो खन्ने क्रममा माथिबाट आएको ढिस्कोले पुरेर मृत्यु भएको हो ।
यस्तै माटोको ढिस्कोले पुरेर चार महिला घाइते भएको जानकारी प्राप्त भएको छ ।
घाइते हुनेमा सर्केगाड-७ रोडिकोटकै २५ वर्षीया तीर्थकला जैसी, २७ वर्षीया जालकी जैसी, २० वर्षीया लक्ष्मी जैसी र २६ वर्षीया मञ्जु जैसी घाइते भएको प्रहरीले जनाएको छ ।
अहिले घाइतेको रोडिकोटमै रहेको स्वास्थ्यचौकीमा प्राथमिक उपचार भइरहेको छ ।






