• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

दाजु रवीन्द्र माकाजूका बारेमा केही शब्द

नीतिप्रेस by नीतिप्रेस
March 13, 2025
in विचार, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

लोकमणि पौडेल

पोखरा उदीयमान प्रतिभाको उर्वर भूमि हो । यसले स्थानीयदेखि अन्तर्राष्ट्रिय उचाईका प्रतिभा जन्माइसकेको छ । पोखरा ले जन्माएका अनेक प्रतिभामध्ये रवीन्द्र माकाजू पनि एक हुनुहुन्छ । मेरा अग्रज आदरणीय दाजू रवीन्द्र माकाजुको शालिनता र शिष्टताबाट म निकै प्रभावित भएको छु । अत्यन्त सक्रिय जीवन व्यतित गर्न रुचाउने दाजु रवीन्द्र माकाजू साहित्यकारसँगै धार्मिक सामाजिक अभियन्ता पनि हुनुहुन्छ । चैत्र महिना आउँदै गर्दा मनमा अचानक विसं २०१७ को चैत महिनामा जन्मिएका रवीन्द्र माकाजुको सम्झना आयो । उहाँ जस्ता कर्मठ, हकी, बौद्धिक र सामाजिक चेत भएका व्यक्तित्व पाउनु पोखरेलीका लागि गर्व को कुरा हो ।

पोखरा वरिपरीका तथा राष्ट्रिय ख्याति कमाएका धार्मिक तीर्थस्थलका बारेमा सबैलाई सत्यतथ्य जानकारी मिलोस् भन्ने उद्देश्यले उहाँले खोजपूर्ण तवरले कलम चलाइरहनु भएको छ । यसैको फलस्वरूप उहाँबाट विन्ध्यवासिनी, मुक्तिनाथ, तालबाराही, भद्रकाली, विश्वशान्ति स्तूपा, बाग्लुङ कालिका भगवती, गलेश्वर धाम, मनकामना माता आदि दर्जनौं कृति प्रकाशित हुन् ।

पोखराका प्रशिद्ध व्यक्तित्वको बारेमा उहाँले लेखेको पुस्तक अद्यापि चर्चित छ । पोखरालाई समृद्ध बनाउन योगदान पुर्‍याउने पोखराका थकालीलाई लिएर उहाँले पोखराका थकाली प्रतिभाहरू नामक पुस्तकै निकाल्नुभएको छ । उहाँका तीन वटा उपन्यास पनि प्रकाशित छन् । महाभारतकी पात्र द्रौपदीको जीवन र संघर्षको कथा पस्केको ऐतिहासिक उपन्यास पाञ्चाली, जीवन दर्शनलाई अक्षरमा उतारेको उपन्यास सुमन तथा सामाजिक उपन्यास मृतशहर उहाँका प्रकाशित उपन्यास हुन् । उहाँले ७२ वटा पुस्तक प्रकाशित गर्नुभएको छ जो चानेचुने कुरा होइन ।

उहाँ पोखराको पत्रकारिता क्षेसँग पनि जोडिनुभएको छ । उहाँकै पहलकदमीमा आदर्श समाजले नयाँ गति लिएको बताइन्छ । पोखरापत्रको प्रकाशनमा पनि रवीन्द्र दाइको महत्वपूर्ण भूमिका रहेको छ । यिनै कार्यको सम्मानस्वरूप उहाँ ऋषिलीला पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएको हो । उहाँ मदन चन्द्रा साहित्य सेवा पुरस्कारबाट समेत पुरस्कृत हुनुभएको छ । उहाँले पाउनुभएका सबै पुरस्कार र सम्मानका बारेमा म उति जानकार भने छैन ।

आध्यात्मिक क्षेत्रमा पनि रवीन्द्र माकाजुले पुर्याएको योगदान अविस्मरणीय छ । उहाँले केही वर्ष सनातन धर्म सेवा समिति कास्की शाखाको अध्यक्ष भएर धार्मिक क्षेत्रको सुदृढीकरणमा सक्रिय भएर काम गर्नुभएको थियो। उहाँका यिनै बहुआयामिक व्यक्तित्वका कारण उहाँ पोखरामा सबैका माँझ उत्तिकै लोकप्रिय हुनुहुन्छ । लुकेका प्रतिभालाई लेखनका माध्यमबाट चर्चामा ल्याउनुसँगै लोपोन्मुख संस्कृतिलाई जोगाउने अभियानमा समेत क्रियाशील रवीन्द्र दाजुबाट पोखराले थप योगदान खोजेको छ ।

पार्टी राजनीतिको चकाचौंध भएको वर्तमान समयमा पनि उहाँ कुनै पार्टीसँग सम्बन्धित हुनुहुन्न भन्दा अनौठो लाग्छ । कुनै पार्टीमा लागेर अघि बढ्न जति सजिलो छ पार्टी बाट अलग भएर काम गर्न त्यति नै गाह्रो र कष्टकर हुन्छ भन्ने जान्दाजान्दै पनि उहाँले पार्टीसँग असंलग्न भएर काम गर्ने अठोट लिनुभयो जो प्रशंसनीय कुरा त हुँदै हो त्यसमाथि सबैका लागि अनुकरणीय विषय पनि हो ।

पार्टीबाट अलग भएकै कारण कतिपय मानसम्मान, पुरस्कार र पद प्रतिष्ठाबाट समेत उहाँ वञ्चित हुनुभएको हो कि जस्तो आभास हुन्छ । तर पोखराले उहाँको शुदीर्घ सक्रियता बुझ्ने छ र उहाँलाई सुहाउँदो जिम्मेवारी दिन हिच्किचाउने छैन भन्ने कुरामा मैले दृढविश्वास लिएको छु । रवीन्द्र दाजुको उत्तरोत्तर प्रगति र उज्ज्वल भविष्यको कामना गर्दछु ।

Previous Post

पोखरा कप राष्ट्रिय ह्याण्डबल प्रतियोगिताका लागि समिति गठन

Next Post

खुकुरी प्रहार गरी १७ वर्षीय राजेशको हत्या

Next Post

खुकुरी प्रहार गरी १७ वर्षीय राजेशको हत्या

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन