• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

रोटरी क्लबद्वारा धर्मस्थली स्कुललाई भवन हस्तान्तरण

नीतिप्रेस by नीतिप्रेस
March 15, 2025
in नेपाली समाचार आजको, शिक्षा, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पाेखरा महानगरपालिका वडा नं ५ प्रस्याङस्थित धर्मस्थली आधारभूत विद्यालयलाई रोटरी क्लबले हालै निर्माण गरेकाे चारकोठे भवन हस्तान्तरण गरेकाे छ ।

रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपाल-भुटानका डिष्ट्रिक्ट गभर्नर इलेक्ट विनोद कोइरालालगायतले बिहीबार एक कार्यक्रमकाबीच भवन हस्तान्तरण गरेका हुन्।

गभर्नर काेइरालाले भवनमा फर्निचरका लागि पनि सहयोग गर्ने प्रतिबद्धता जनाए । विकास तथा मानवीय सेवाका कार्यमा रोटरीले सहयोग गर्ने गरेको स्पष्ट पार्दै उनले सहयोगी अन्य संघसंस्था एवं व्यक्तिप्रति आभार जनाए ।

सहयोगी संस्था बेलायतका रिचार्ड रयानडर्सनले विद्यालय भवनको सदुपयोग हुने विश्वास दिलाउँदै विद्यालयमार्फत सहयोगी मन एकाकार भएको भनाइ राखे ।

पोखरा-५ का वडाध्यक्ष विष्णुप्रसाद बरालले रोटरीप्रति आभार प्रकट गर्दै आफूहरु समृद्ध वडा निर्माणमा लागि परिरहेको सुनाए ।

शिक्षा विकास तथा समन्वय इकाइ कास्की प्रमुख लोकनाथ आचार्यले धर्मस्थलीमा अधिकांश गरिब तथा विपन्नका छोराछोरी पढ्ने गरेको उल्लेख गर्दै सहयोगी संस्था रोटरीको प्रशंसा गरे ।

त्यस अवसरमा रोटरी बेलायतका एन्ड्रिउ थम्सम्, बेलायत को-अर्डिनेटर लि.क्याम्प, भवन निर्माण समिति सदस्य शिवप्रसाद पराजुली, रोटरी क्लब अफ पोखरा प्याराडाइजका देव्रेन्द्र पराजुली, विद्यार्थी प्राची शाहीलगायतले बोलेका थिए ।

विद्यालय व्यवस्थापन अध्यक्ष कृष्णप्रसाद पराजुलीले सहयोग आफैँमा महत्वपूर्ण भएको बताउँदै शैक्षिक गुणस्तर अभिवृद्धिमा सरोकारवाला एक हुनुपर्ने बताए ।

प्रधानाध्यापक वदनकुमारी शर्माले सहयोगप्रति आभार व्यक्त गर्दै यसबाट शैक्षिक गुणस्तर कायम गर्न सहयोग हुने विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा रोटरी क्लब अफ पोखरा प्याराडाइजले आज जना विद्यार्थीलाई जनही चार हजारका दरले छात्रवृत्ति एवं स्टेशनरी वितरण गरेकाे थियाे । त्यस्तै, सहयोगी रिचार्डले शिक्षक सुनिता ज्ञवालीलाई ल्यापटप प्रदान गरे । सो अवसरमा विद्यार्थीले विभिन्न प्रस्तति राखे ।

रोटरी क्लब अफ पोखरा फिस्टेलका अध्यक्ष महेश्वर पहारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक शर्माले स्वागत तथा रोटरी क्लब अफ पोखरा फिस्टेलका पूर्वअध्यक्ष लक्ष्मी थापा गिरी एवं शिक्षक हरिश्चन्द्र अधिकारीले संयुक्तरुपमा कार्यक्रम सञ्चालन गरेका थिए।

रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपाल भुटानअन्तर्गत रोटरी क्लब अफ पोखरा फिस्टेलले ४७ लाख रुपैयाँ लागतमा विद्यालय भवन निर्माण गरेको हो ।

तस्बिरहरु

Previous Post

रुखले च्यापिएर दुई जनाको मृत्यु

Next Post

आज शनिदेवको प्रिय दिन, दुई पटक काल बेला परेको छ, राशिफल कस्तो होला ?

Next Post

आज शनिदेवको प्रिय दिन, दुई पटक काल बेला परेको छ, राशिफल कस्तो होला ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन