दैलेख । दैलेखमा रुखले च्यापिएर दुई जनाको ज्यान गएको छ ।
मृत्यु हुनेमा भैरवी गाउँपालिका वडा नं ५ का ४९ वर्षीय तर्कबहादुर शाही र २७ वर्षीय इन्द्रबहादुर शाही छन् ।
सियाला सामुदायिक वनमा सल्लाको रुख काट्ने क्रममा सोही रुखले च्यापिएर दुवै जना गम्भीर घाइते भएका थिए ।
उनीहरुलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।






