पोखरा । नेपाल आयल निगमले पेट्रोलको भाउ एकै पटक प्रतिलिटर पाँच रुपैयाँ घटाएको छ । आइतबार बिहान १२ बजेदेखि नै लागू हुने गरी निगमले भाउ घटाएको हो ।
मूल्य घटेसँगै पोखरा, काठमाडौं र दिपायलमा अब पेट्रोलको भाउ प्रतिलिटर एक सय ६३ रुपैयाँ पर्नेछ । यी जिल्लामा यसअघि एक सय ६८ रुपैयाँ पर्ने थियो ।
यस्तै चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलाबारी, नेपाललगञ्ज धनगढी र वीरगञ्जमा अब पेट्रोलको भाउ प्रतिलिटर एक सय ६० रुपैयाँ ५० पैसा पर्नेछ ।
यस्तै सुर्खेत र दाङमा भने पेट्रोलको भाउ प्रतिलिटर एक सय ६२ रुपैयाँ पर्नेछ ।
यसैगरी निगमले डिजेलको भाउ प्रतिलिटर चार रुपैयाँ घटाएको छ । याेसँगै पोखरामा डिजेल तथा मट्टितेलको मल्य पैतिलिटर एक सय ५१ रुपैयाँ कायम भएको छ ।






