पोखरा । नेपाली बजारमा साताको पहिलो दिन आज आइतबार सुनचाँदीको मूल्य घटेको छ । आज शुक्रबारको तुलनामा छापावाला सुनको भाउ तोलामा चार सय र असली चाँदीको भाउ तोलामा पाँच रुपैयाँ घटेको छ ।
मूल्य घटेसँगै छापावाला सुनको भाउ आज प्रतितोला एक लाख ७४ हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको भाउ गत शुक्रबार प्रतितोला एक लाख ७४ हजार पाँच सय रुपैयाँ रहेको थियो ।
आज पोखरा बजारमा सुनको भाउ प्रतितोला एक लाख ७४ हजार छ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ कास्कीले जनाएको छ ।
यता आज चाँदीको बजार भाउ प्रतितोला दुई हजार ४५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला दुई हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।
आज पोखरा बजारमा चाँदी प्रतितोला दुई हजार ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।






