पोखरा । एक युवकमाथि खुँडा प्रहार गरी भागेका एक युवकलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं १७ बिरौटा बस्ने २२ बर्षीय मनिष ठकुरी छन् ।
प्रहरीका अनुसार ठकुरीले यही चैत २ गते साँझ ६ बजे पोखरा-१८ सेतीस्थित एक युवकमाथि खुँडा प्रहरी गरी भागेका थिए ।
खुँडा प्रहारबाट घाइते युवकको अस्पतालमा उपचार भइरहेको छ ।
ठकुरीलाई पक्राउ गरी कास्की जिल्ला अदालतमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी सात दिनको म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।






