• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

वक्तृत्वकलामा गोगन माविकी सुजाता प्रथम

नीतिप्रेस by नीतिप्रेस
March 16, 2025
in गण्डकी प्रदेश, शिक्षा, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । विश्व हिन्दू महासंघ कास्कीको आयोजनामा सञ्चालित ‘सनातन हिन्दू धर्म संस्कार र संस्कृतिमा गीताको महत्व’ विषयक वक्तृत्वकला प्रतियोगितामा गोगन माध्यमिक विद्यालयकी सुजाता पौडेल प्रथम बनेकी छन् ।

प्रतियोगितामा रिलायन्स पब्लिक स्कुलकी दीपशिखा क्षेत्री द्वितीय बनेकी छन् भने नेशनल क्रियसन एकेडेमीका श्रीदेश थापाले तृतीय स्थान प्राप्त गरे ।

यस्तै महर्ष गुरुकुल वेद विद्याश्रमका कुशुम बराल र सोही विद्याश्रमका सन्देश पौडेलले सान्त्वना स्थान हासिल गरे ।

प्रतियोगिताका प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यार्थीलाई क्रमशः नगद १० हजार, सात हजार, पाँच हजार र एक/एक हजार रुपैयाँ नगद, प्रमापत्रसहित केदारेश्वर महादेव मणि बैदामका पिठाधीश चिद्धन चैतन्य, विश्व हिन्दू महासंघ कास्कीका अध्यक्ष जगन्नाथ कोइराला, निर्णायक समिति संयोजक सह प्राडा भोलानारायण रेग्मीलगायतले सूर्य-प्रेम पुरस्कारबाट पुरस्कृत गरेका थिए ।

कार्यक्रममा केदारेश्वर महादेव मणि बैदामका पिठाधीश चिद्धन चैतन्यले हाम्रा संस्कार र संस्कृतिको जगेर्ना गर्नु आवश्यक भएको बताउँदै गीता आफैमा महान ग्रन्थ भएको धारणा राखे ।

विश्व हिन्दू महासंघका केन्द्रीय उपाध्यक्ष पार्वता पौडेलले आजको पुस्तालाई संस्कारी बनाउनु आवश्यक भएको उल्लेख गर्दै सनातन हिन्दू संस्कार र संस्कृतिमा गीताको विशिष्ट महत्व रहेको बताइन् ।

विश्व हिन्दू महासंघ कास्कीका अध्यक्ष जगन्नाथ कोइरालाले संस्कार र संस्कृतिको जगेर्नाकै लागि युवा विद्यार्थीलाई लक्षित गरी वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको बताए ।

पहिलो चरणमा निर्वाचन क्षेत्र स्तरीय वक्तृत्वकला प्रतियोगिताका विजयी विद्यार्थीलाई मात्रै यस चरणको प्रतियोगितामा समावेश गराइएको उनले जानकारी दिए ।

निर्णायक समिति संयोजक सहप्राध्यापक डा. भोलानारायण रेग्मीले संस्कार नभएको शिक्षा अपाङ्ग हुने बताउँदै नैतिक शिक्षा अहिलेको आवश्यकता भएकोमा जोड दिए ।

हिन्दू धर्मले सबैको कल्याणको कामना गर्ने उल्लेख गर्दै उनले यो धर्म नै सनातन धर्म भएको धारणा राखे ।

विश्व हिन्दू महासंघ कास्कीका अध्यक्ष जगन्नाथ कोइरालाको सभापतित्व एवं महासचिव भुपेन्द्र गिरीले सञ्चालन गरेको कार्यक्रममा निर्णायक समिति सदस्यद्वय जीवनका लागि गीता ज्ञान अभियान गण्डकी प्रदेश समिति संयोजक उपप्राध्यापक डा. ज्यो हरिश्चन्द्र भण्डारी र उपप्राध्यापक गणेश शर्मा सुवेदीलगायतले सनातन हिन्दू धर्म संस्कार र संस्कृतिमा गीताको ठूलो महत्व रहेको उल्लेख गरेका थिए ।

Previous Post

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

Next Post

पोखराको पृथ्वीनारायण क्याम्पसमा सबैकाे ध्यान खिच्दै सुवेदी

Next Post

पोखराको पृथ्वीनारायण क्याम्पसमा सबैकाे ध्यान खिच्दै सुवेदी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन